यसकारण जप गर्नुस् हनुमान चालिसा
काठमाडौंं : तपाईं साच्चिकै आध्यात्मिक हुनुहुन्छ भने हनुमान चालिसा जप गर्दा हुने फाइदा बारे जानकार हुनुहुन्छ नै । जप गर्न नजान्नेका लागि राति सिरानीमुनी राख्दा पनि निकै फाइदा हुने देखिन्छ । रातिको समयमा निन्द्रा नलाग्ने सम’स्या पछिल्लो समय बढिरहेको छ । व्यस्त जीवनशैली, त’नाव, मोबाइल लगायतका उपकरणका कारण राति निन्द्रा नपर्ने स’मस्या रहेका छन् । हिन्दू धर्मशास्त्रका विभिन्न ग्रन्थले भने सुख शान्ति र ऐश्वर्य प्राप्तिका लागि रातिको निद्रासँग गहिरो सम्बन्ध रहने बताउँछ । राति राम्रो निद्रा परेन भने शरीर आलश्य बन्छ ।
दिनभर थकानको अनुभव हुन्छ । त्यसैले दिनभरको थकान मे’टाउन राति निद्रा अर्थात रातभरीको विश्रामले मात्र सम्भव छ । दिनभरीको सुख शान्तिका लागि सुत्ने समयमा सिरानी मुनी यी पाँच चिज राख्नु उत्तम हुने शास्त्रले बताउँछ ।
हनुमान चालिसा-हरेक रात सुत्ने बेलामा हनुमान चालिसा जप गर्नुस् या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनबाट ड’र, त्रा’स र अहं’कार ह’ट्छ भने सपना समेत राम्रो देखिन्छ ।
फलामको उपकरण-भुत–प्रेत, ऐठन हुने सम’स्या छ भने राति सुत्नेबेला सिरानमुनि फलामको कुनै चिज राखेर सुत्नु उपयुक्त मानिन्छ । यसले तपाइँको नजिक नका’रात्मक उर्जा आउनबाट रोक्छ । बालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण रहेको पाइन्छ । बालबालिका सुत्ने खाटको सिरानमुनि फलामबाट बनेका चिजहरु राखेपनि धार भएका वस्तुहरु राख्नु हुँदैन ।
भगवानलाई अर्पण गरिएको फूल-सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ज्यानमा पुनर्ताजगीको आभाष हुने शास्त्रमा बताइएको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।
दुर्गा सप्तसती पाठ-दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने विश्वास गरिन्छ ।
मुला-सिरानी मुनी राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ भन्ने विश्वास गरिन्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक त’नाव हुनबाट मु’क्ति मिल्ने विश्वास गरिन्छ ।