सीमा अति’क्रमणबारे चीनको आयो आधिकारिक धारणा

काठमाडौं : नेपाली भूमि मिचेर भारतले नयाँ राजनीतिक नक्सा सावर्जनिक गरेको विषयमा उत्तरी छिमेकी राष्ट्र चीनले आफ्नो आधिकारिक धारणा व्यक्त गरेको छ। भारतीय बिस्तारवादकाविरुद्ध नेपाली जनताले सडक तताइरहेका बेला चीनले यसबारे आफ्नो आधिकारिक धारणा व्यक्त गरेको हो । चीनका तर्फबाट काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार साँझ एक विज्ञप्ति जा’री गर्दै नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नयाँ नक्सामा राखेको बारे प्रतिक्रिया दिएको हो।

चिनियाँ दूतावासका प्रव’क्ताका तर्फबाट जारी गरिएको विज्ञप्तिमा कालापानी क्षेत्रको वि’वादलाई नेपाल र भारतले वा’र्ताका माध्यमबाट समा’धान खोज्नु पर्नेमा जोड दिएको छ। ‘कालापानी क्षेत्रको वि’वाद मैत्रीपूर्ण परा’मर्श र वा’र्ताका माध्यामबाट समा’धान हुन्छ भन्ने हाम्रो सदिच्छा छ’ विज्ञप्तिमा भनिएको छ ‘चीनले नेपालको सम्प्रभुता र भौगोलिक अख’ण्डताको सधैँ सम्मान गर्छ।’

केही मिडियाहरूले चीनले पनि सीमा मिचेको आ’रोप लगाएको प्रति दुःख व्यक्त गर्दै यस्ता आ’रोप निर्धार र आ’रोपमार्फत तथ्यलाई बं’ग्याउने प्रयास गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘केही गैर जिम्वार मिडियाले चीनले नेपालको सीमा मिच्यो भन्ने उल्लखे गरेको पाएका छौँ’ दूतावासले जा’री गरेको विज्ञप्तिमा भनिएको छ ‘यस्ता आ’रोप आधा’रहीन छन् र यसले जनताको ध्यान मो’डेर भ्र’म पार्ने देखिन्छ।’

सम्बन्धित खवर

Back to top button