नदीको गहिराइ नाप्ने टोली चढेको डुंगा दुर्घ’टना
काठमाडौं : गहिराइ नाप्ने टोली चढेको डुङ्गा दुर्घट’ना भएको छ । अछामको ढकारी गाउँपालिकास्थित बेतान कर्णाली हाइड्रोपावरका लागि नदीको गहिराइ नाप्न गएको टोली चढेको डुङ्गा दुर्घ’टना भएको हो । कर्णाली नदीको गहिराइ नाप्ने क्रममा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घ’टनामा मानवीय क्षति भने भएको छैन । तर, डुंगा र मोटरमा क्षति भएको अध्ययन गरिरहेको इनोभेटिभ इन्जिनियरिङ सर्भिस प्रा.लि.का म्यानेजिङ डाइरेक्टर अनुप खनालले जानकारी दिए
‘साथीहरु सबै सम्पर्कमा आइसक्नु भएको छ,’ खनालले भने ‘मोटरमा भने करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनु’मान छ ।’
नदी ठाडो र पानीको बेग तिव्र भएकाले दुर्घ’टना भएको उनको भनाइ छ । ‘नेपालका यस्ता नदी र खोलामा काम गर्न अत्यन्तै जो’खिम हुन्छ,’ खनालले भने, ‘आयोजनाका सम्पूर्ण पक्षले सुर’क्षालाई पहिलो प्राथमिकतामा राखेर यस्ता कार्यहरु अगाडि बढाउनुपर्छ ।’
भेरी-बबई बहुउद्देश्यीय आयोजनामा ‘इकोसाउन्डर’ मेसिन प्रयोग गर्दै आएकोमा प्राविधिक डुंगा दुर्घ’टनापछि बेतान कर्णाली हाइड्रोपावर आयोजनाका लागि पानीको गहिराइ नाप्ने काम अहिले स्थगि’त गरिएको छ ।
प’रामर्शदातृ संस्था इनोभेटिभ इन्जिनियरिङ सर्भिस प्रा.लि.ले नेपालमै पहिलो पटक पानीको गहिराइ नाप्ने उच्चस्तरीय प्रविधि ‘इकोसाउन्डर’ मेसिन भित्र्याएको थियो । त्यसको सफल प्रयोग पहिलोपटक भेरी-बबई बहुउद्देश्यीय आयोजनामा गरिएको थियो ।
खनालको अनुसार यो मेसिनले डी.जी.पी.एस. प्रविधिमा काम गर्ने भएकाले यसले गर्ने नाप जाँ’च विश्वासिलो हुनेछ । यो मेसिनलाई डुङ्गा वा र्याफ्टिङ बोटमा जडान गरी सजिलैसँग नदी तथा तालहरुको गहिराइ नाप्न सकिन्छ ।
‘केबल वे’ प्रविधि
नेपाली युवा इन्जिनियर खनालसहितको टोलीले नदी वा खोलाको एक किनारामा बसेर अर्को किनारासम्मको पानी नाप्न मिल्ने अन्तर्राष्ट्रियस्तरको ‘केबल वे’ प्रविधि पनि निर्माण गरेको छ ।
‘केबल वे’को नयाँ प्रविधिलाई नमूनाको रुपमा ३३५ मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला हाड्रोपावर प्रोजेक्टमा प्रयोग गरिएको थियो ।