भारतले क’ब्जा गरेको नेपाली भूमिमा पुगेर युवाहरुले फहराए राष्ट्रिय झण्डा

काठमाडौंं : भारतले क’ब्जा गरेको नेपाली भूमिमा त्यहाँ पुगेर युवाहरुले राष्ट्रिय झण्डा फहराएका छन् । भारतले अति’क्रमण गरेको इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ४ को नेपाली भूमिमा नेपाली युवाहरु पुगेर राष्ट्रिय झण्डा फहराएका हुन्।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु इलाम जिल्ला कमिटीले भारतीय सीमा सु’रक्षा ब’लसँग प्र’तिकार गरी शनिबार सन्दकपुरमा नेपाली झण्डा फहराएका हुन्।

उक्त ठाउँ केही समय अगाडि गाँउपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाई निर्माण अवरु’द्ध गरी भारतले क’ब्जा गरेको थियो । उक्त क’ब्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालको राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सिमा सुर’क्षा ब’लले ब’ल प्रयोग गरेपछि सामान्य झ’डपसमेत भएको थियो।

अनेरास्ववियुका नेता रविन्द्र सुवेदीको नेतृत्वमा गएको टोलीले भारतद्वारा नि’षेधित क्षेत्र भनिएर लेखिएको बोर्डसमेत भ’त्काएर फ्या’किदिएका छन्। क’ब्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विद्यार्थीहरुले ना’राजु’लुस पनि गरेको अनेरास्ववियका नेता आरसी लामिछानेले बताए ।

सम्बन्धित खवर

Back to top button