दिल्ली बुल्सविरुद्ध सन्दीप लामिछाने आवद्ध कर्नाटका टसकर्स विजयी

काठमाडौं : यूएईमा जा’री टी १० क्रिकेटमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने आवद्ध कर्नाटका टसकर्सले विजय सुरुवात गरेको छ । दिल्ली बुल्सलाई कर्नाटका टसकर्सले १९ रनले प्राजित गर्दै विजय सुरुवात गरेको हो ।

कर्नाटकाले दिएको १११ रनको लक्ष्य पछयाउने क्रममा दिल्ली बुल्सले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनाएपछि कर्नाटका टसकर्सले पहिलो खेलबाटै विजय सुरुवात गरेको हो । दिल्ली बुल्सका लागि एन्जोलो म्याथ्यूजले ३१ तथा इयोन मोर्गानले २१ रन बनाए पनि जीत दिलाउन भने सकेनन् ।

कर्नाटका टसकर्सबाट खेलिरहेका सन्दीप टी १० को पहिलो खेलमै टिममा परेका थिए । दिल्ली बुल्सविरुद्ध उनले आफ्नो पहिलो ओभरमै विकेट लिँदै सनसनी मच्चाए । १११ रनको लक्ष्य पछ्याएको दिल्लीका मोहम्मद उस्मानलाई आउट गरेका हुन् । उस्मान ८ रन बनाए आउट भए । सन्दीपले व्यक्तिगत पहिलो विकेट लिए पनि टिमका लागि भने तेस्रो सफलता दिलाए । दोस्रो ओभरमा भने सन्दी महँगो सावित भए । टी १० मा एक खेलाडीले २ ओभर मात्रै बलिङ गर्ने नियम अनुसार उनले आफ्नो स्पेलमा १९ रन खर्चिएर एक विकेट हात पारे ।

टस हारेर पहिला ब्याटिङ गरेको सन्दीप आवद्ध टिम कर्नाटकाले निर्धारित १० ओभरको खेलमा ४ विकेट गुमाएर ११० रन बनाएको थियो । कर्नाटकाका लागि उपुल थरंगाले ४८ रन, शफीकुल्ला शफीकले ३४ रन बनाए । दिल्लीका लागि रवि रामपौलले दुई तथा डेभिड वेली र दुशमन्था चमिराले एक एक विकेट लिए ।

सम्बन्धित खवर

Back to top button