रमेश प्रसाईंको भारतविरुद्धको अभिव्यक्तिलाई समर्थन गर्दै पाकिस्तानी युवाले पठाए भिडियो संदेश (हेर्नुस् भिडियो)

काठमाडौं : रमेश प्रसाईंले भारतविरुद्ध दिएको अभिव्यक्तिलाई समर्थन गर्दै पाकिस्तानी युवाले भिडियो सन्देश पठाएका छन् । भारतले नेपाली भूमि मिचेको बिषयमा प्रसाईंले दिएको अभिव्यक्तिलाई समर्थन गर्दै पाकिस्तानी युवाहरुले सामाजिक संजाल मार्फत भिडियो सन्देश पठाएका हुन् । रमेश प्रसाईंले आफ्नो फेसबुकमा अपलोड गरेको भिडियो अहिले पाकिस्तानमा निकै नै भाइरल भैरहेको छ ।

पाकिस्तानी युवाहरुले नेपाल र नेपालीलाई समर्थन गर्दै भारतसंँग नझुक्न आग्रह गरेका छन् । उनीहरुले भिडियोबाट सामाजिक संजालमा समर्थन जनाएका हुन् । रमेश प्रसाईंले नेपाली बोल्न जानेता पनि (English) बोल्न जाने पनि भारतमा अधिकांश जन्ताले (English) बुझ्न नसक्ने भएकाले हरेक भारतीयहरुको घरघरमा सबैले बुझुन र प्रत्येकको घरघरमा पुगोस भनी हिन्दीमा बोलेका थिए ।

आवाजमा दम भएका प्रसाईं शारीरिक हिसाबमा भने अपांग छन् । उनी हरेक विषयमा बोल्न सक्छन् । अझ समसामयिक र राष्ट्रियताको विषयमा खरो रुपमा बोल्ने गर्दछन् । समसामयिक बिषयमा आफ्नो गहन तर्क राख्दै आएका प्रसाईंले भारतकाविरुद्ध पनि खरो रुपमा उ’त्रिएका छन् । यस्तो छ भारतविरुद्ध रमेश प्रसाईंको दमदार आवाज सुनेर पाकिस्तानी युवाहरुले समर्थन गर्दै पठाएको भिडियो संदेश:

सम्बन्धित खवर

Back to top button