छोरी ‘भ्वाइस अफ नेपाल’मा प्रति’स्पर्धा गर्दै, बुवा ऋ’ण तिर्न विदेश जाँदै

काठमाडौं : छोरीले चर्चित रियालिटी सो ‘द भ्वाईस अ’फ नेपाल’मा प्रतिस्पर्धा गर्दै बुवा भने साहुको ऋ’ण तिर्न विदेसिनु पर्ने बाध्यतामा छन् । ‘द भ्वाईस अ’फ नेपाल’ टप १० मा पुग्न सफल मोरङ उर्लाबारी निवासी मेचु धिमाल बुवा सन्तुलाल धिमाल साहुको ऋ’ण तिर्नका लागि विदेशीन बा’ध्य भएका छन् । भोटिङ गर्ने क्रम जा’री रहेको बेला आफ्नो छोरीलाई साथ दिएर भोट माग्नु पर्ने समयमा बाहिर हिड्न थालेका हुन् । यता हुँदा सक्रिय रुपमा ला’गिरहेका मेचुका बुवा मंगलवार रोजगारका लागि विदेश जाने भएका छन् । यता मेचु इतिहास रच्ने’ क्रममा छिन् भने बुवा सन्तु’लाल भने घरको ऋ’ण तिर्न विदे’श जाने भएका हुन् ।

सं’योग पनि कस्तो न जाउंँ त थाप्लोभरी ऋ’ण छ, जाउंँ त छोरी मेचुलाई भोट चाहिएको छ ! बुवा सन्तुलालले सञ्चारकर्मीहरुलाई भने, ‘यहि बेला भिषा लाग्यो । ४ छोरी रहेका सन्तुलाललाई छोरा नभएकोमा कति पनि दुःख छैन र थिएन पनि । छोरीले नाम राखेकी छिन्, यसैमा खुशी छौं । यद्यपि, भोटकै कारण मेचु पछि पर्छिन कि भन्ने चि’न्ता छ उनलाई । आफ्नो छोराछोरी अघि बढेको कस्लाई मन पर्दैन र उनले भने‘ अरु प्र’तियोगी पनि मेरो छो’राछोरी जस्तै हुन्, मेचुको भ्वाई’स मन पर्छ भने भोट गरिदिनुहोला । बुवा सन्तुलालले आफू जहाँ रहेपनि छोरीको लागि आर्शि’वाद रहेको बताए ।

आमा गीता कुमारी धि’मालले पनि छोरीको लागि भोटको अ’पिल गरेकी छिन् । हिजो मेचुले आमा म गायिका बन्छु भनेको यादहरु अहिले झ’लझली आईरहेको छ । हामीले छोरीको नि’र्णयमा साथ दिएर ठि’क गरेछौंं । आमा गीताकुमारीले खुशी हुँदै सुनाईन्, अब मेचुले ‘भ्वाइस अफ नेपाल’ जितेको हेर्ने धो’को छ । तर कहाँ हाम्रो आंँ’टले मात्र कहाँ पुग्छ । अल्प’संख्यक धिमाल जातिहरुले अहिलेसम्म इतिहास राख्न सकेका छैनन् । अझ भनौं झापा मोरङ सुनसरीमा उल्लेख्य बसोबास रहेका धिमाल समुदायलाई खोलामा माछा मा’रेर खाने जाति अझ अप’वाद बाहेक पि’छडिएको जाति भन्ने बुझ्ने धैरै छन् ।

जात्रि र ढ’ङढङे मेलामा उल्लेख्य सहभागी रहने यो समुदाय पनि जो’डतोडका साथ लाग्नुपर्ने सहसंयोजक भीष्म बुढाथोकी बताउंँछन् । हिजो निसान भट्टराईलाई नेपाल आइडल र निकिता चा’ण्डकलाई मि’स नेपाल बनाएको उर्लाबा’रीबासी लगायत सबै लाग्नुपर्ने भएको छ ।’ बुढाथोकीले भने, हाम्रो समुदायमा नै भोट माग्न पुग्न सकिरहेका छैनौं, समय थोरै छ गनुपर्ने धेरै, अभि’यानकर्मी बिजय धिमाल भन्छन्, ‘यो अव’सर बारम्बार आउँदैन्, अव’सरको सदुपयोग गरौं ।’ मेचुलाई भो-ट गर्नको लागि ०६ लेखेर ३७००० हजारमा सेन्ड गर्न सकिनेछ ।

पानीको फोका जस्तै फू’ट्यो हाम्रो माया, सपना भई आँखामा आउने को होला ? आकाशैमा चिल उड्यो फ’नन् जस्ता लोकप्रिय गीत गाएर ‘भ्वाईस अफ नेपाल’मा द’र्शक मन जितिसेकेकी छिन् । मेचु सानैदेखि गीत संगीतमा सौखिन हुन् । मोरङ जिल्ला उर्लाबारी नगरपालिका—२ स्थायी घर भएकी मेचुको जीवनमा थुप्रै उता’रचढाव आएका छन् । १२ कक्षा पढिसकेपछि काठमाडौं पुगेकी मेचु सानैमा गाउने भन्दा पनि बढी नांँच्ने गर्थिन । आफूलाई भारतीय प्र’सिद्ध गायक/गायिका सोनु निगम र श्रेया घोषालको ठूलो प्रशंसक भन्न रुचाउने मेचुलाई उनिहरुका गीतले प्रेरित गर्यो । नृत्य क्षेत्रमा विशेष रुचि भएकी मेचु नांँच्दा नाँच्दै विस्तारै गाउनमा पनि रुचि राख्न थालिन । स्कुलमा पढ्दाताका गीत/संगीतबाट थुप्रै पुरस्कार पनि उनले जितेकी छिन् ।

गीत/संगीतका कार्यक्रमदेखि स्कुलमा हुने हरेक कार्यक्रममा मेचुको सहभागिता हुने गर्थ्यो । बाल्यका’लमा सुनझोडा स्कुल, सुनगाभा आमावि उर्लाबारी र प्लस टु दमकको युनिक कलेजमा पढेकी मेचुलाई मोरङबाट काठमाडौं पुगेपश्चात उनलाई केहि समय गा’ह्रो भयो । वातावरण अनुुकूल हावापानी नमिलेका कारण बि’रामी भइन् । काठमाडौंमा उनकी सानीआमा भएकाले मेचुलाई बस्न भने सहज थियो । तर उनले दु:ख नगरेकी भने होइनन् । आफ्नो खुट्टामा आफै उभिन रुचाउने मेचुलाई थाहा थियो सं’घर्ष र निरन्तरताको फल एकदिन अवश्य मिठो हुन्छ । त्यसपछि उनले आफूलाई थप उर्जासिल बनाउन संगीत शिक्षा पनि लिइन् ।

काठमाडौं एक विशाल शहर । जहाँ हजारौं मान्छेको भी’ड छ । संगीतमा रम्नेहरुको ज’मात पनि काठमाडौंमा उत्पा’त नै छ । त्यही ज’मात बीचको एक नाम हो मेचु धिमाल । अहिले मेचुले संगीत बाहेक अरु केहि सोंचेकी छैनन् । विस्तारै संगीतले नै उनलाई व्यस्त बनाउन थालेको छ । आफै शब्द लेख्ने संगीत भर्ने र गाउने कला भएकी मेचु अरुमा कमै भर पर्छिन । भन्छिन— ‘सबै कुरामा निपूर्ण भएको राम्रो ।’

पछिल्लो समयमा गीत संगीतमा गरिने लगानीले पनि अ’सर गरेको हो कि भन्ने भान उनमा छ । ‘जो संग कला छ ऊ संग पैसा छैन । अनि जो संग पैसा छ ऊ संग कला छैन । यस्तो अवस्था छ नेपाली सांगीतिक क्षेत्रको’—उनी भन्छिन् । तर पनि निरन्तरताले सफलता मिल्नेमा उनी ढु’क्क छिन ।

सम्बन्धित खवर

Back to top button