प्रचण्ड र नेपालबीच खुमलटारमा गाे’प्य छल’फल


काठमाडौं : मन्त्रीपरिषद् पुनर्गठन हुने भएपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल बीच गाे’प्य छल’फल भएकाे छ । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाहै निदएर आज खुमलटारमा गाे’प्य छल’फल गरेका हुन् । मन्त्रिमण्डल पुनर्गठनको तयारीसँगै सत्तारुढ दल नेकपाका शीर्ष नेताहरु बेग्लाबेग्लै छल’फलमा जु’टेका हुन् । आइतवार बसेको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेरका लागि प्रधानन्त्री ओलीलाई सहमति दिएसँगै आजै मन्त्रिमण्डल हेरफेरको तयारी रहेको बालुवाटार निकट श्रोतको भनाइ छ । प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा नेताहरुले छल’फल गरेका छन् ।
नेकपा नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वर्षमान पुनसहितका नेतबीच विहान साढे ८ बजेदेखि १० बजेसम्म गो’प्य वा’र्ता भएको थियो । ‘दुई जना पूर्व प्रधानमन्त्रीहरुबीच करिब डेढ घन्टा छल’फल भएको थियो’ खुमलटार श्रोतले भन्यो,‘विभिन्न मन्त्रालयका सचिव र केही मन्त्रीहरुसहितको बैठकमा विकासका विभिन्न मोडलमा छल’फल भयो, राजनीतिक घट’नाक्रम र मन्त्रिमण्डल हेरफेरका विषयमा पनि कुरा हुने नै भयो नि !’ ‘मन्त्रिमण्डल हेरफेरका विषयमा कुराकानी भएको थियो तर कुनै नि’ष्कर्ष भने निस्कने गरि छल’फल भएको होइन सामान्य छल’फल मात्र हो’ उनले भने । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ मन्त्रीहरुको विषयमा आफू निकट नेताहरुसँग अनौपचारिक छल’फल गरेका छन् । प्रधानमन्त्री केपी ओलीले आजै प्रचण्डसँग थप कुराकानी गरेर मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेको स्रोतको दा’बी रहेको छ । प्रचण्डले मन्त्रिहरु हेरफेर गर्ने विषयमा सह’मति जनाइसकेका छन् । ‘अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा सह’मति जनाउनु भएको छ,’ प्रचण्ड निकट एक नेताले भने,‘प्रधानमन्त्री केही मन्त्रीको पर्फमेन्सदेखि अस’न्तुष्ट हुनुहुन्छ, फेर्नका लागि प्रचण्ड सहमत हुनुहुन्छ ।’



प्रचण्डले सहमति दिएपनि ओलीले पुरानालाई हटाएर नयाँ राख्ने मन्त्रीको विषयमा नि’र्णय गर्न नसकेको स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीले मातृका यादव, चक्रपाणी खनाल, शक्ति बस्नेत लगायत पूर्व माओवादीतर्फका मन्त्रीलाई पनि फेर्न चाहेको भएपनि कसलाई बनाउने भन्नेमा नि’र्णयमा पुग्न नसकेको स्रोतको दा’बी छ । त्यसका लागि प्रचण्डसँग कुराकानी गरेर अघि बढ्ने तयारीमा प्रधानमन्त्री रहेको स्रोतको भनाइ छ । ‘त्रिशुली थ्रि ए’ को सिंहदरबारबाट औपचारिक रुपमा उद्घाटन गरेपछि ओलीले अर्का अध्यक्ष प्रचण्डसँग छल’फल गर्ने तयारी भएको छ । मन्त्रीहरुको कार्यसम्पादन राम्रो नभएको भन्दै प्रधानमन्त्री ओलीले केही समयपहिला देखिनै मन्त्रिमण्डल हेरफेरको तयारी गरेका थिए ।








