माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना उद्घाटन: भारतबाट हुने आयात घट्ने

काठमाडौंं : माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबारमा रहेको ‘एक्सन रुम’बाट ११ वर्षपछिकै सबैभन्दा ठूलो आयोजनाको उद्घाटन गरेका हुन । उक्त आयोजनाबाट पहिलो युनिटबाट ३० मेगावाट २०७६ सालको जेठको ३ गते र दोस्रो युनिटबाट ३० मेगावाट साउनको १७ गतेदेखि नै उत्पादन भएको छ ।

योसँगै भारतबाट आयात हुने गरेको बिजुली खप’त घ’ट्ने अ’नुमान गरिएको छ । विशेषज्ञहरूले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना सुचारु भएपछि भारतबाट हुने विद्युत् आपूर्ति घ’ट्ने अनुमान गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणले बनाएका आयोजनामध्ये माथिल्लो त्रिशूली थ्री ‘ए’ ११ वर्षपछिकै ठूलो आयोजना हो । यसअघि प्राधिकरणले २०६५ सालमा ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी आयोजना सम्पन्न गरेको थियो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत् गृह, बाँ’ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी) सँग २०६७ सालको जेठ १४ गते ठे’क्का स’म्झौता भएको थियो ।

स’म्झाैताअनुसार २०७१ सालको जेठ १७ गते नै यो आयोजना सम्पन्न हुन पर्ने थियो । विद्युत् गृह भूमिगत बनाउने कि सतहमा बनाउने भन्ने वि’वाद, आयोजनाको क्ष’मता बढाएर ९० मेगावाट बनाउने निर्णयलगायतका कारणले निर्माण प्रभा’वित भएको थियो । त्यसपछि आयोजनाको म्याद २६ महिना थपेर २०७३ सालको असारभित्रमा सक्ने लक्ष्य राखिएको थियो । विभिन्न सम’स्याले थ’ला परेको आयोजना २०७२ सालको भूकप्प र पहि’रोले झन् क्ष’तविक्ष’त भयो । आयोजनाको बाँ’धस्थलमा ठूलो पहि’रो गएको थियो । आयोजनाको बाँ’धको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न ठाउँमा क्ष’ति पुगेको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को नि’र्णयका आधारमा प’हिरोको रो’कथाम र सडक म’र्मतको जिम्मा नेपाली से’नाले पाएको थियो । यसका लागि ६१ करोड १९ लाख रुपैयाँ थप ख’र्च भएको थियो ।

भूकम्प र प’हिरोपछि आयोजनाको म्या’द फेरि ३४ महिना थपेर र ३० अप्रिल २०१९ भित्रमा नि’र्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको नि’र्माण पछिल्लो पल्ट थपिएकै समयमा सम्पन्न भएको हो । नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनु’मानित लागत १४ अर्ब ४३ करोड रुपैयाँ (निर्माण अवधिको ब्याजबाहेक) रहेको थियो । निर्माण अवधिको २ अर्ब ८९ करोड ब्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना नि’र्माण सम्पन्न भएको छ । चिनियाँ एक्जिम बैकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋ’ण लगानी प्र’वाह भएको यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा नि’र्माण भएको हो । आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ ५ सिम्लेको स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाण्डौको मातातीर्थमा ल्याइ राष्ट्रिय प्रसारण प्रणालीमा प्रवा’ह गरिएको छ ।

आयोजनाले स्जियार्डबाट नि’र्माणाधीन त्रिशूली थ्री ‘बी’ हब सबस्टेसनसम्म १ दशमलव ३ किलोमिटर १३२ केभी डबल सर्किट, सबस्टेसनबाट काठमाण्डौको बाडभञ्ज्याङसम्म ३८ दशमलव ६ किलोमिटर २२० केभी डबल सर्किट, बाडभञ्ज्याङबाट मातातीर्थसम्म ४ दशमलव ८ किलोमिटर फोर सर्किट प्रसारण लाइन नि’र्माण गरेको छ । मातातीर्थमा १ दशमलव ४५ किलोमिटर २ सय २० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिग’त गरिएको छ ।

आयोजनाकै ख’र्चबाट नि’र्माण गरिएको प्रसारण लाइनबाट त्रिशूली र मर्स्याङ्दी नदी बेसिनमा नि’र्माण भैरहेका अन्य जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाण्डौ उपत्यकामा ल्याइ राष्ट्रिय प्रणालीमा प्रवाह गर्न पूर्वाधार पनि तयार भएको छ । प्रसारण लाइन निर्माणका लागि चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्ल्यूई) सँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का स’म्झौता भएको थियो । आयोजना राष्ट्यि विद्युत् प्रणाली र त्यसमा पनि मुख्य रुपमा ‘लोडसेन्टर’ अर्थात काठमाडौं उपत्यकाको विद्युत् माग र आपूर्तिको व्यवस्थापनको लागि भरपर्दो आधार तयार भएको छ । आयोजनाबाट वार्षिक रुपमा झण्डै ४९ करोड युनिट ऊ’र्जा उत्पादन हुने छ ।

आयोजना वर्षको साढे आठ महिना पूर्ण क्षम’ता (६० मेगावाट) मा चल्ने छ । त्यस्तै हिउँदमा समेत झण्डै ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट देशको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलित र विश्वसनीय बनाउन थप ब’ल पुग्नेछ । यो आयोजनाले देशभित्र खप’त हुने ऊ’र्जामा झण्डै ७ प्रतिशतको योगदान दिने छ । यसबाट कुलेखानी जलाशयको पानी बचत गर्न र आयातीत विद्युतकाे परिमाण घटाउन सहयोग पुग्ने छ ।

आयोजनाका मुख्य संरचना र प्रसारण लाइनले प्रभावित रसुवा, नुवाकोट, धादिङ र काठमाण्डौ जिल्लामा ‘आयोजना सहयोग कार्यक्रम’ अन्तर्गत ८ वटा विद्यालय भवनको निर्माण, किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नति खानेपानी आपूर्ति प्रणालीको कार्यान्वयन, त्रिशूली अस्पताल जाने सडकको स्तनोन्नति, हस्पिटललाई उपकरण, खेल मैदान निर्माण, सिँचाइ सुविधा उपलब्ध गराउने जस्ता सामाजिक विकासको कामका लागि झण्डै ४० करोड रुपैयाँ खर्च भएको छ ।

सम्बन्धित खवर

Back to top button