कर्णाली तथा सुदूरपश्चिममा भूकम्पको धक्का


सुर्खेत : कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज साँझ कर्णाली प्रदेशको राजधानी सुर्खेत र सुदूरपश्चिमको राजधानी धनगढीसहितका ठाउँमा भूकम्पको धक्का महसुस गरिएको हो ।
मंगलबार बेलुका ७ बजेर १९ मिनेट जाँदा कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।



स्थानीय समयअनुसार ७ बजेर १५ मिनेटमा नेपाल भारत सीमाक्षेत्र केन्द्रविन्दु भएर ४.६ स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिए । यसकै धक्का सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा महसुस गरिएको हो ।








