सुदूरपश्चिममा भूकम्प: केन्द्रविन्दू बझाङ


सुर्खेत : बझाङ जिल्लालाई केन्दबिन्दू बनाएर मंगलबार साँझ भूकम्प गएको छ । सुदूरपश्चिम प्रदेश बझाङ जिल्लाको पौवागढीलाई केन्द्रबिन्दू बनाएर मंगलबार बेलुका ७ बजेर १५ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार सुदूरपश्चिम र कर्णालीका सबै जिल्लामा भूकम्पको महसुस गरिएको छ । यसका साथै भारतका केही ठाउँ र प्रदेश नम्बर ५ का केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।



उनले भूकम्पका कारण भएको क्षतिको विवरण आइनसकेको बताए। भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का नयाँदिल्लीसम्म महसुस गरिएको छ ।