शितलनिवास पुगे प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद् पुनर्गठन लागि आज मन्त्रीका नाम बाेकेर शितलनिवास पुगेका छन् । मन्त्री हेरफेरबारे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सगँको छल’फलपछि प्रधानमन्त्री ओली केहीबेर अघि राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्।

प्रधानमन्त्रीका प्रे’स सल्लाहकार सूर्य थापाले नवनियु’क्त मन्त्रीहरुलाई दिउँसो ४ बजेसम्म स’पथ गराउने तयारी भएकाले त्यसैको प्र’क्रिया मिला’उन प्रधानमन्त्री शितलनिवास पुगेकाे जानकारी दिए । ह’ट्ने र नयाँ नि’युक्त हुने मन्त्रीहरुको नाम औपचारिक रुपमा सार्वजनिक नभएपनि कम्तीमा ५ देखि १० जनासम्म रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले हिजोको मन्त्रीपरिषद बै’ठकमा पनि आज मन्त्रीपरिषद हेरफेर गर्ने भन्दै मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रम नराख्न निर्दे’शन दिएका थिए। हेरफेर हुने मन्त्रीहरुको नाम टुं’गिएपछि त्यसलाई अनु’मोदन गरी अन्तिम रुप दिन पार्टीको सचिवालय बै’ठक पनि बोलाइएको छ।

सम्बन्धित खवर

Back to top button