उपसभामुख तुम्बाहाम्फे मन्त्री बन्‍न तयार

काठमाडौं : प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे मन्त्री बन्‍न तयार भएकी छन् । संघीय संसदकी उपसभामुख तुम्बाहाम्फे आफ्नाे प’द छाे’डेर मन्त्री बन्न तयार भएकी हुन् । तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि बला’त्कार प्र’करणमा मु’छिएपछि सभामुखमा दा’बी गरिरहेकी उनी मन्त्री बन्‍न तयार भएकी हुन्।

सभामुखकाे दा’बी गर्दै आएकी उनलाई सत्तारुढ नेकपाको नेतृत्व उक्त प’द दिन नमानेपछि मन्त्री बन्न तयार भएकी हुन्। सभामुख महराको दो’ष आफूले बो’केर उपसभामुख नछा’ड्ने अ’डान लिएकी उनलाई नेकपा नेतृत्वले अन्ततः मन्त्रीका लागि मना’एको हो। उपसभामुख तुम्बाहाम्फेले संघीय संसददेखि प्रदेश संसदसम्ममा महिलालाई उपसभामुखमा सीमित गरिएकाले आफूले सभामुख हुन पाउनु पर्ने बताएकी थिइन्।

बुधबार बिहानै सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेकी उनी मध्यान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन् । नेकपाले सभामुखका लागि अन्य विकल्प खोजेपछि उनलाई मन्त्रीमा व्यवस्थापन गर्ने थालेकाे स्रोतले बतायाे । स्राेतले भन्याे, ‘आजै उपसभामुखबाट राजी’नामा दिएर उहाँले मन्त्री पदको जिम्मेवारी लिने सम्भावना छ।’ सभामुखका लागि नेकपबाट संविधासभाका अध्यक्ष सुवास नेम्बाङले पनि दा’बी गरेका छन्।

त्यसैगरी तत्कालीन एमाले र तत्कालीन माओवादीबाट पनि आधा दर्जन नेताले सभामुखमा दा’बी गरेका छन्। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बला’त्कार प्र’यास गरेकाे अभि’योग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा काठमाडौं जिल्ला अदा’लतको आदे’शमा हाल डिल्ली बजार जे’लमा छन्। नेकपाले सभामुख आफूले राखेर राष्ट्रिय जनमो’र्चालाई उपसभामुख दिने तयारी गरेको छ । मंसिर १४ गते हुने उपनिर्वाचनपछि बस्ने संसदको हिउँदे अधिवे’शनले नयाँ सभामुख च’यन गर्नेछ।

सम्बन्धित खवर

Back to top button