संवैधानिक पद सं’कटमा पर्नेगरी उपसभामुखले राजी’नामा नदिने


काठमाडौं : उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संवैधानिक पद सं’कटमा पर्नेगरी राजी’नामा नदिने बताएकी छिन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा धानमन्त्री केपी शर्मा ओलीले राजी’नामा दिन गरेको आ’ग्रहलाई अस्वीकार गर्दै उपसभामुख तुम्बाहाम्फेले संवैधानिक पद सं’कटमा पर्नेगरी राजीनामा नदिने बताएकी हुन्।
उनले मन्त्रीसँग प’द नसाट्ने बताउँदै प्रधानमन्त्रीकाे आ’ग्रहलाई अस्वीकार गरेकी हुन् । ‘सभामुखसमेत नभएको अवस्थामा मैले राजीनामा दिँदा संवैधानिक सं’कट हुन्छ’, उपसभामुखको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।



नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजी’नामा गराएर सभामुख र उपसभामुख छुट्टै व्यक्तिलाई बनाउने तयारी गरेको छ । संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख एउटै दलको हुँदैन । उपसभामुखका प्रे’स सल्लाहकार शेखर अधिकारीले बुधबार उपसभामुखले मन्त्री पदको शपथ नलिने जानकारी दिए।








