प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पाँचै वर्ष प्रधानमन्त्री

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने भएका छन्। दाहालले कार्यकारी पाएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पाँचै वर्ष प्रधानमन्त्री हुने भएका हुन्।

पार्टी प्रव’क्ता नारायणकाजी श्रेष्ठका अनुसार अबदेखि बस्ने पार्टी बैठकको नेतृत्व प्रचण्ड‍ले नै गर्नेछन्। बुधबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी बनाउने नि’र्णय गरेको हो । यो निर्ण’यसँगै केपी शर्मा ओली नै बाँकी कार्यकालको प्रधानमन्त्री रहने भएका हुन्।

‘अध्यक्षद्वय कमरेडहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को वरीयताताक्रम यथावत राखिएको,’बैठकपछि प्रवक्ता श्रेष्ठले पत्रकारहरुसँग भने, ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने निर्णय भएको छ । अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने नि’र्णय सचिवालयले गरेको छ।’

बैठक सञ्चालनको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिने नि’र्णय गरिएको प्र’वक्ता श्रेष्ठले बताएका छन् । उनका अनुसार बैठकको अध्यक्षता संयुक्त रूपमा गर्ने नि’र्णय भएको छ। ‘बैठक संयुक्त अध्यक्षतामै बस्‍नेछ । तर, आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्नुहुनेछ,’ श्रेष्ठले भने । संसद्को यो कार्यकाल अर्थात् पुरै ५ वर्ष सरकारको नेतृत्व केपी शर्मा ओलीले नै गर्ने छन्। यसअघि पार्टी एकताका क्रममा आधा आधा कार्यकाल सरकार चलाउने सहमति भएको दाबी अध्यक्ष दाहालले गर्दै आएका थिए।

सरकार र पार्टी सञ्चालन दुवै अध्यक्षको सहमतिमा हुने भएको छ। बैठकले मन्त्रिपरिषद् हेरफेरको विषय भने टुं’ग्याएन । पार्टी महासचिव विष्णु पौडेलले सरकार छा’ड्ने र सरकारमा जानेहरुको नाम तयार भइसकेको जनाउँदै त्यसलाई अन्तिम रुप दिने तयारी भैरहेको छ ।

सम्बन्धित खवर

Back to top button