८ मन्त्री बर्खा’स्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन, ९ नवनियुक्त (सूचीसहित)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । यसक्रममा उनले ६ मन्त्री र दुई राज्यमन्त्रीलाई ब’र्खास्त गरेका छन् । प्रधानमन्त्रीका प्रे’स सल्लाहकार सूर्य थापाका अनुसार बिहीबार विहान नवनियुक्त मन्त्रीहरुकाे सपथग्रहण हुनेछ । राष्ट्रपति कार्यालयले बुधबार साँझ नै प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जानकारी दिएको हाे ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खो’सेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानूनमन्त्री ढकाललाई स्वास्थ्यमन्त्री सुम्पेका छन् भने यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार न’छाड्ने नि’र्णय गरेलगत्तै प्रधानमन्त्रीले यादवको जिम्मे’वारी हेरफेर गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई ह’टाएका छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि ह’टाइएको छ । चारै जना पूर्व एमालेको कोटाबाट मन्त्री बनेका थिए । यस्तै, पूर्व माओवादीको कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि ह’टाइएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार नै नेकपा सांसदहरू बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवलाई मन्त्री नियुक्त गरेका छन् । नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङमहिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री बने । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।

यस्तै, माेती दुगड, नवराज राउत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य र रामवीरलाई सहरी विकासको जिम्मेवारी दिइएको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बास्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ । यस्तै, वनमन्त्री शक्ति बहादुर बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमिव्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो. इस्तियाक राइ यादव, खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पनि यथावत जिम्मेवारी छन् ।

सम्बन्धित खवर

Back to top button