आज बिहान नवनियुक्त मन्त्रीको शपथ

काठमाडौं : आज बिहीबार नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोप’नीयताको सपथ लिने भएको छन् । आज बिहान ११ बजे नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिने भएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिने छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मंसिर राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई ह’टाएर नवनियुक्त गरेका हुन्। नवनियुक्तमा रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सु’रक्षा, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्र’शासन, लेखराज भट्ट उद्यो’ग वाणिज्य तथा आपूर्ति, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास र पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक, बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका छन्।

त्यस्तै मोतिलाल दुगड उद्यो’ग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनशंख्या राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री नियुक्त भएका छन्।

सम्बन्धित खवर

Back to top button