कर्मचारीलाई धन्यवाद दिंदै गोकर्ण बिष्ट ट्याक्सी चढेर फर्किए

काठमाडौं : निवर्तमान श्रम मन्त्री गोकर्ण बिष्ट भाडाको ट्याक्सी चढेर आफ्नो निवास फर्किएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्दा विदाई पाएका मन्त्री बिष्टले मन्त्रालय पुगेर कर्मचारीलाई धन्यवाद दिएपछि भाडाको ट्याक्सी चढेर निवास फर्किएका हुन् ।

बुधबार साँझ प्रधानमन्त्री ओलीले गरेको मन्त्रीमण्डल हेरफेरमा बर्खा’स्तगीमा परेका मन्त्री बिष्ट बिहीबार मन्त्रालय पुगेर कर्मचारीलाई धन्यवाद दिएका थिए । बिष्ट मन्त्रालयबाट सिंहदरबारको दक्षिणी ढोकासम्म हिँडेर पुगे। त्यसपछि ट्याक्सी खो’जीमा लागे। केहीबेरमा एउटा ट्याक्सी आयो मन्त्री बिष्टले सँगै आएका शुभेच्छुकलाई हात हल्लाए अनि ट्याक्सीभित्र पसे।

यसअघि बिष्टले आफूले पदमा हुँदा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गरेको बताएका थिए। उनले वैदेशिक रोजगारीको नाममा ठ’गीमा परेका युवाहरू, पसिनाको मूल्य नपाएका श्रमिकहरू बेरोजगार युवाहरूको पक्षमा इमानदारीपूर्वक काम गरेको बताएका हुन्।

बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्,‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठ’गीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रया’स गरेँ।’

उनले आफू थप ऊर्जा र प्रेरणाको साथमा मन्त्रीबाट बाहिरिएको बताए। यसका साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्ने अव’सर प्रदान गरेकोमा समेत धन्यवाद दिएका थिए ।

सम्बन्धित खवर

Back to top button