रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउँदै

काठमाडाैं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउने भएका छन् । छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङ नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमणमा आउने भएका हुन् ।

पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिन नेपाल भ्रमणमा आउने तयारी रहेको छ । ‘राष्ट्रपति पुटिन तीनदिने नेपाल भ्रमणमा आउने कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता रुसबाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्रोतले भन्यो ।

नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो लिँदै रुसले पुटिनको भ्रमणको तयारी गरेको उक्त कार्यालयका उच्च अधिकारीले बताए ।

सम्बन्धित खवर

Back to top button