नेपाल शान्तिपूर्ण देशमा अमेरिका, चीन र भारत भन्दा माथि

काठमाडौं : ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (आईईपी) ले १६३ देशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेसँगै नेपाल शान्तिपूर्ण देशमा अमेरिका, चीन र भारत भन्दा माथिरहेकाे छ । जस अनुसार नेपाल १२ स्थान सुधार गर्दै ७६ ‍औं स्थानमा छ । आईईपीको यो १३ औँ ग्लोबल पीस इन्डेक्स रिपोर्ट अनुसार नेपालले विश्वका शान्तिका देशहरुमा १२ स्थान सु’धार गरेको हाे ।

प्रतिवेदानले १६३ देशमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडा’ईँ, समाजिक सुर’क्षाको अवस्था, आत’ङ्कवाद् , सै’निकीकरणको स्तरलगायतका विभिन्न २३ वटा आधारमा मूल्याङ्कन गरि सूचित गरेको छ । २०१९ को रिपोर्टमा अनुसार ८६ देशहरुमा सुधा’र आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था ख’स्कँदै गएको देखाएको छ। विश्व शान्तिको सूचीमा आइसल्यान्ड पहिलो स्थान कायमै छ भने अफगानिस्तान अन्तिम स्थानमा छ। उसको प्रतिवेदन अनुसार आइसल्यान्डमा प्रति एकलाख मानिसमा वार्षिक १८ काे मात्र ह’त्या हुने गरेको छ । दोस्रोमा न्यूजील्यान्ड रहेको छ भने पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक क्रमश: शीर्ष दशमा छन् ।

स्वीट्जरल्यान्ड ११ मा छ भने एसियाबाट भूटान १५ र मलेशिया १६ ताइवान ३६ मा, इन्डोनेशिया ४१ मा छ भने दक्षिण कोरिया ५५ मा र श्रीलंका ७२ स्थानमा रहेका छन् । यो प्रतिवेदनमा दक्षिण एसियाली क्षेत्रमा भने ठूलो सु’धार देखिएको छ । जसमा नेपाल, पाकिस्तान र भूटानलाई श्रेय दिइएको हो। दुईस्थान माथि आउँदै १५ औँ मा पुगेको भूटानले शान्तिका चार संकेतकमा राम्रो अंक प्राप्त गरेको छ र पुलिसदर र अति’क्रमण दरमा मात्र यसको स्कोर दुईभन्दा कम रहेको छ। दक्षिण एसियामा अन्य क्षेत्रको तुलनामा आप’राधिक सम’स्या कम छ र राजनीतिक रुपमा मात्र अशा’न्त छ।

दक्षिण एसियामा भूटान र श्रीलंका पछि नेपाल तेस्रो सबैभन्दा शान्तिपूर्ण देश हो। नेपाल शान्तिको मध्यम स्तरमा रहेको छ। भारतलाई भने अशा’न्तपूर्ण वर्गमा राखिएको छ जुन यो वर्ष चार स्थान तल १४१ मा पुगेको हो। त्यस्तै पाकिस्तान पनि २ स्थान तल १५३ मा रहेको छ। चीन पनि नेपालभन्दा तल ११० औँ स्थानमा मध्य शान्तिपूर्ण क्षेत्रमा परेको छ । अमेरिका पनि अशा’न्त देशको सूचीमा छ। अमेरिका चार स्थान तल झर्दै १२८ स्थानमा पुगेको छ।

हेर्नुस् प्रतिवेदन

[pdf-embedder url=”https://satkarpost.com/wp-content/uploads/2019/11/GPI-Report-2019.pdf” title=”GPI Report-2019″]

सम्बन्धित खवर

Back to top button