प्रधानमन्त्रीसँग रु’ष्ट भएपछि उपप्रधानमन्त्री उपेन्द्र यादव सरकार छोड्दै


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग रु’ष्ट भएपछि कानून मन्त्रीको जि’म्मेवारी पाएका उपप्रधानमन्त्री उपेन्द्र यादव सरकारबाट बाहिरिने भाएका छन् । मन्त्रिपरिषद् पुनर्गठनमा असतुष्टि जनाउँदै समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियामा असतुष्टि जनाउँदै सरकार छाड्ने मोडमा पुगेको हो। प्रधानमन्त्री ओलीले उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिएपछि यादव रु’ष्ट भएका हुन्। मन्त्रिपरिषद् हेरफेर, नयाँ ल्याउँने क्रममा समाजवादी पार्टीबाट राज्यमन्त्री बनेका डा. सुरेन्द्र यादवको पनि पद गएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार नौ मन्त्रीहरु परिवर्तन गर्दै यादवको विभाग हेरफेर गरिदिएका थिए। उपप्रधानमन्त्री यादव विदेश भ्रमण (भारत) मा रहेकै बेला प्रधानमन्त्रीले उनको सरुवा गरेका थिए। उनी भारतबाट शुक्रबार फर्किने कार्यक्रम छ। यद्यपि, यादव काठमाडौं फर्किएलगत्तै पार्टीको बैठक बसेर सरकार छा’ड्ने निर्ण’य लिने बताइएको छ। नयाँदिल्लीबाट शुक्रबार काठमाडौं फर्कने कार्यक्रम तय भएको समाजवादी पार्टीका महासचिव रामसहाय यादवले जानकारी दिए। पाँच दिने भ्रमणका लागि उनी नयाँदिल्ली गएका थिए। उनले नयाँदिल्लीमा रहँदा उच्च राजनीतिक भेटघा’ट गरेका छन्।



नयाँदिल्लीबाटै असतुष्टि जनाउँदै यादवले सरकार छा’ड्ने तयारी गरिरहेको स्रोतको दा’बी छ। मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीलाई अपमानित गरेको भन्दै उनी रूष्ट भएका हुन्। उनलाई सरकारमा बस्न नैतिक सं’कट भएको हो। यादव फर्किएलगत्तै यादवले सरकार छाड्ने नि’र्णय हुनसक्ने उनले जनाए। ओली र यादवबीच पुहिल्यैदेखि अस’मझदारी सिर्जना हुँदै आइएको थिए। स्रोतका अनुसार ओलीले यादवलाई सरकार छाडेर मार्ग प्रशस्त गर्न दबा’ब दिएका थिए। यद्यपि, यादव नेपाल फर्किएलगत्तै सरकार छाड्ने/नछाड्ने नि’धो गर्ने बताइएको छ।
प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री यादवबीच महिनौदेखि सम्बन्ध चि’सिएका थियो। संविधान सं’शोधनको ना’रा लिएर हिँडेका यादवलाई संविधान कार्या’न्वयन गर्न नि’र्देशन दिने मन्त्रालयको जिम्मेवारी दिएपछि झन वि’वाद ब’ल्झिएको छ। ओली र यादवबीच सम्बन्ध बि’ग्रेकै कारणले ओलीले एकलौटी ढंगबाट मन्त्रीपरिषद् पुनर्गठन गरेको उनीहरूको आ’रोप छ। भारत भ्रमणमा रहेकै बेलामा उनको जि’म्मेवारी फेरवदल भएपछि उनीहरुको सम्बन्धमा दरा’र सिर्जना भएको हो। यादव र ओलीबीच यसअघिका दिनमा समेत बोलचाल ब’न्द रहेको उनीहरूनिकट स्रोत बताउँछ।
पुनर्गठनपछि नयाँ र फेरबद भएका नयाँ मन्त्रीहरूले बिहीबार नै आफ्नो मन्त्रालय सम्हालेको छ। तर, यादवले जि’म्मेवारी पाएको कानून मन्त्रालय शू’न्य छ । यादव विदेश भ्रमणमा रहेकै बेलामा जिम्मेवारी तोकिएको भएकाले सो मन्त्रालय रि’त्तो भएको हो। यादवले सम्हाल्दै आएका स्वास्थ्य मन्त्रालयमा नयाँ नियुक्त भानुभक्त ढकालले जिम्मेवारी लिसकेका छन्। उनले मन्त्रालय सम्हाल्दै जनता स्वास्थ्य सेवालाई सर्वसुलभ रूपमा उपलब्ध गराउँने प्रतिबद्धता जाहेर गरिसकेका छन्।