सीमा वि’वादको कुरै नउठेर सकियो सीमा सुर’क्षा बैठक


काठमाडौं : सीमा वि’वादको कुरै नउठेर सीमा सुर’क्षा बैठक सम्पन्न भएको छ । नेपाल-भारत सीमा वि’वाद च’र्किएका बेला बुधबारबाट पोखरामा सुरु भएको सीमा सुर’क्षा बैठक सीमा विवा’दको कुरै नउठेर बिहीबार सम्पन्न भएको हो ।
बैठकमा नेपालका तर्फबाट सश’स्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुर’क्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोली सहभागी थिए । उनीहरूबीच सीमा अपरा’ध, दश’गजामा संयुक्त ग’स्ती र सूचना आदन प्रदानको विषयमा मात्रै छल’फल भएको स्रोतले बतायो । स्रोतका अनुसार विडम्बना, विवा’दित कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषयमा कुरै उठेन । हरेक वर्ष दुई देशबीच यस्तो बैठक हुने गरेको छ । बैठकका एजेन्डा पनि अगाडिनै तय हुने गरेका छन् । यसपाली पनि बैंठकका एजेन्डा अगाडि नै तयार पारिएका थिए । जसमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय समेटिएको थिएन ।



पोखरामा बैठक सकेर टोली बिहीबार नै काठमाडौं फर्किएको थियो भने शुक्रबार सश’स्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा एक कार्यक्रमका बीच औपचारिक रुपमा बैठक समापन गरिएको हो । भारतीय टोली शनिबार भारत फर्किनेछ । उता सरकारले दुई देशबीच सीमा वि’वाद च’र्किएपछि नेपाल–भारत र नेपाल–चीनको सीमा निरी’क्षण गर्न समिति गठ’न गर्ने नि’र्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सीमाको अव’स्थाबारे बु’झ्न समिति ग’ठन गर्ने नि’र्णय गरेको हो । समितिले भारत र चीनतर्फ नेपालसँग जोडिएको सीमाको अवस्था र सीमास्तम्भबारे अध्य’यन गर्ने स\ञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषदका नि’र्णय सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएका थिए ।
सरकारले नेपाली सीमा मि’चिंदा समेत कुनै पहल नथालेको भन्दै जनता आ’क्रोसित भइरहेको सयमा सरकारको उक्त नि’र्णय आएको हो । भारतले सीमा अति’क्रमण गरेको र सरकारले कुनै ठोस् पहल नगरेको भन्दै जनतामा आ’क्रोस बढेको हो । नेपालले आफ्नो भन्दै आएको कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा राखेपछि उत्पन्न परि’स्थितिलाई नेपालको परराष्ट्र मन्त्रालयले सही ढङ्गले उठाउन नसकेको कूटनीतिक मामिलाका विज्ञहरूको समेत आ’रोप छ । विज्ञहरूका अनुसार नेपालले औपचारिक रूपमा भारत सरकारसमक्ष आफ्नो वि’रोध द’र्ता गराउनुपर्ने र त्यसलाई आफूले मान्यता नदिने धारणा स्पष्टसँग राख्नुपर्नेमा सरकारले अहिलेस्म त्यस्तो गर्न सकेको छैन ।
उता भारतले भने नेपाल-भारत सीमा परि’वर्तन नगरिएको प्रतिक्रिया दिइसकेको छ । प्रधानमन्त्री केपी ओलीले ‘एक इन्च नेपाली भूमि पनि कसैलाई मि’च्न नदिने’ बताउँदै आइतवार राजधानीमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा देशको नाम उल्लेख नगरी कालापानीमा रहेका विदेशी सै’निक फिर्ता हुनुपर्ने बताएका थिए । उक्त नक्सा र कालापानीको विषयमा नेताहरूबीच सर्वदलीय बै’ठक समेत बस्यो । तर, सरकारले अहिलेसम्म कुनै ठोस क’दम लिन सकेको छैन ।
सरकारका प्रतिनिधिहरूले कालापानी नेपालको भूमि रहेको विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै आएका छन् । तर, कूटनीतिक मामिलाका जानकारहरू सार्वजनिक वक्तव्यबा’जीभन्दा पनि नेपालले कूटनीतिक रूपमा यो विषय उठाउनुपर्ने सुझा’व दिन्छन् । सीमा सुर’क्षा बैठ’कमा पनि यो विषयले स्थान नपाउनुले भारतीय सीमा मिचा’हा प्रवृतिले प्रसय पाउने र नेपाली प’क्ष कम’जोर बन्ने विज्ञहरुको विश्लेषण रहेको छ ।