लिलेलाई २–० ले पराजित गर्दै पीएसजी शीर्षस्थानमा


काठमाडाैं : फ्रेञ्च लिग वानमा लिलेलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेइन (पीएसजी) जीत निकालेकाे छ । लिलेलाई पीएसजीले २–० ले पराजित गर्दै फ्रेञ्च लिगमा सहज जीत निकालेकाे हाे । याे जीतसँगै पीएसजीले ११ अंकको अग्रता लिएको छ ।
पिएसजीका लागि माउरो इकार्डीले १७औँ मिनेटमा गाेल गरे भने एन्जल डी मारियाले ३१औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफको दुई गोल नै पिएसजीलाई तीन अंक दिलाउन पर्याप्त रह्यो । अक्टोबरदेखि चो’टका कारण टिमबाहिर रहेका ब्राजिलका पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेमार टिममा फर्किएका छन्। नेइमार मैदान फर्किएको खेलमा पिएसजीले सहज जित निकालेको हाे । फ्रेन्च लिग वान फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले लिलेलाई २–० ले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको हाे ।



नेइमारले खेलमा केही राम्रा अव’सर सिर्जना गरे पनि गोल गर्न भने असफल रहे। मैदानमा नेइमार ६५ मिनेट बिताएका थिए। त्यसपछि उनलाई केलियन एमबाप्पेले सब्सटिच्युट गरेका थिए। जितपछि शीर्ष स्थानको पिएसजीको ३३ अंक भएको छ। एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेइलीको १३ खेलबाट २२ अंक रहेको छ।









