टि-१० लिगमा यस्ताे रह्याे पारस र सन्दीपकाे खेल

काठमाडाैं : युएईमा चलिरहेकाे टि-१० लिगकाे शुक्रबार रातिकाे खेलमा पारस खड्का सम्मिलित अबुधाबीले सन्दिप लामिछाने आवद्ध कर्नाटक टस्कर्स पराजति गरेकाे छ । खेलमा टस जितेर पहिले ब्याटिंग गरेको अबुधाबीले २ विकेट गुमाएर १२८ रन बनाएको थियो। याे सफलतासँगै अबुधाबीले अन्तिम खेलमा ३२ रनको सान्त्वना जीत निकालेको हाे । जीतका लागि ओपनर ल्युक राइटले अविजित ५७ रन बनाउन ३० बलमा ४ चौका र त्यति नै छक्का प्र’हार गरे। अर्का ओपनर अभिस्का फर्नान्डोलाई मात्र ३ रनमा गुमाएको अबुधाबीको लागि कप्तान मोईन अलि र राइटले ९० रनको साझेदारी गरेका थिए। अलिले ३५ रन बनाए। वायन मड्सेनले ७ बलमा अविजित २० रन बनाए।

जवाफमा लक्ष्य पछ्याएको टस्कर्सले ६ विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो। उसका कप्तान हसिम अमलाले १८ रन बनाउँदा रायन टेन डोसेटले १२ बलको सामना गर्दै अविजित ३२ रन बनाए। प्रतियोगिता अन्तर्गत यस अघि लगातार ३ खेलमा अन्तिम-११ मा स्थान नपाएका पारस खड्काले अन्तिम खेलमा मौका पाउँदा सन्दिप लामिछानेलाई टिमले आराम दिएको थियो। यसअघि नै सेमिफाइनलमा पुग्ने बाटो बन्द भईसकेका दुवै टिमबीचको खेलमा नेपालका पारस खड्काले माैमा पाएका थिए भने सन्दिपलाई आराम दिइएकाे थियाे । पारस खड्काले माैका पाएपनि ब्याटिंग गर्ने अव’सर जुरेन ।

प्रतियोगिताको सुरुवाती २ खेलमा मात्र ४ बलको सामना गरेका पारसले त्यसपछि ३ खेलमा बेन्चमा बसेपछि अन्तिम खेलमा ब्याटिंग गर्ने मौका समेत पाएनन्। तर अन्तिम खेलमा भने २ ओभर बलिङ्ग गरे। उनले खेलको सातौँ ओभर बलिङ्ग गर्दै १ छक्का सहित १३ रन खर्चे। सुरुवाती २ बलमा लगातार २/२ रन दिएका पारसले तेस्रो बलमा १ साफिकुल्लाहलाई १ रन दिए। चौथो बल रायन टेन डोसेटलाई डट राख्दा पाचौं बलमा छक्का प्रहार गरे। अन्तिम बलमा २ रन खर्चे।

त्यसपछी अन्तिम ओभरमा जीतको लागि कर्नाटकलाई ५२ रन आवश्यक रहेका बेला पारसले १ छक्का र २ चौका खर्चे भने अन्तिम बलमा १ विकेट समेत हात पारे। उनले अन्तिम बलमा अहमद राजालाई ह्याडेन वाल्सको हातबाट बाउन्ड्री लाइनमा क्याच गराउंदै प्रतियोगिताको सुखद अन्त्य गरे। पहिलो बलमा छक्का, दोश्रो बलमा १ रन , तेस्रो बलमा २ रन खर्चेका पारसले चौथो र पाचौं बलमा लगातार दुई चौका खाएका थिए। उनले समग्रमा ३० रन खर्चेर १ विकेट लिए। यसअघि पारसले बिपक्षी टिमका कप्तान हसिम अमलालाई मोईन अलिले आउट गर्दा क्याच गरेका थिए। त्यस्तै पारसको बलिङ्गमा अन्तिम ओभरमा क्याच छुटेपछि चौका गएको थियो। पारसले पहिलो खेलमा कलन्दर्स बिरुद्ध ३ बलमा अविजित ३ रन बनाएका थिए भने त्यसपछि नर्थर्न वारियर्स बिरुद्ध १ बलमा अविजित १ रन बनाएका थिए। दुवै खेलमा पारसलाई छैठौं नम्बरमा ब्याटिंग दिईएको थियो।

प्रतियोगितामा सन्दिपले खेलेको ५ खेलमा कुल ६ विकेट लिए। पहिलो खेलमा दिल्ली बुल्ससंग १९ रन खर्चेर १ विकेट, दोश्रो खेलमा बाङ्ग्ला टाइगर्ससंग ९ रन खर्चेर २ विकेट, तेश्रो खेलमा ग्ल्याडीएटर्ससंग ३५ रन खर्चेर विकेटविहिन, चौथो खेलमा मार्थ अरबियन्ससंग २५ रन खर्चेर १ विकेट तथा पाँचौ खेलमा कलन्दर्स बिरुद्ध ३० रन खर्चेर २ विकेट लिएका थिए। अन्तिम खेलमा भने उनि प्लेयिंग एघारमा परेनन्।

सम्बन्धित खवर

Back to top button