सबै वडा कार्यालय सचिवविहीन


बैतडी : जिल्लाकाे शिगास गाउँपालिकाका सबै वडा कार्यालय सचिवविहीन बनेका छन्। मा’ग गरे अनुसार कर्मचारी परिपूर्ति हुन नसक्दा शिगास गाउँपालिकाका ९ ओटै वडा कार्यालय सचिवविहीन बनेका हुन् ।
सचिवविहीन वडा कार्यालयमा प्राविधिक सहायकहरुलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए । कार्यालयमा सचिव नहुँदा सेवाग्राहीहरुले सा’स्ती खे’प्नु परेकाे स्थानीय बताउँछन् । ‘साविकको छ वटा गाविसका छ जना प्राविधिक सहायकलाई नौ वटा वडा कार्यालय हेर्ने गरी जिम्मेवारी दिइएको छ ।’ अवस्थीले भने, ‘तीनजनालाई दुई वडा र अन्य तीन जनालाई एक/एक वडाको जिनम्मेवारी दिइएको छ।’



वडा कार्यालयहरुमा कर्मचारीको अभावले कार्यसम्पादनमा सम’स्या हुने गरेको सराेकारवालाहरु बताउँछन् । सेवाग्राहीलाई सम’स्या भएको गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्दले बताइन्। गाउँपालिकामा समेत दुईजना मात्रै कर्मचारी भएको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले जानकारी दिए ।








