मोटरसाइल दु’र्घटना हुँदा उदयपुरमा एकको ज्यान गयाे

उदयपुर : उदयपुरमा मोटरसाइकल दु’र्घटना हुँदा एकजनाकाे ज्यान गएकाे छ भने एकजना घा’इते भएका छन् । कटारी नगरपालिका-८ घुम्तिमा शनिबार राती मोटरसाईकल दुघ’र्टना हुँदा एक जनाको जयान जानुका साथै एक जना घा’इते भएका हुन्।

सिद्धिचरण लोकमार्गअन्र्तगत वेतेनी भन्ज्याङबाट कटारीतर्फ आउँदै गरेको स.११.प.३२२८ मोटरसाईकल आफैँ अनिय’न्त्रित भई दु’र्घटना हुँदा कटारी नगरपालिका- ३ का ३७ वर्षीय सन्तोष कार्कीको ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

दु’र्घटना लगत्तै स्थानीयले कार्की र मोटरसाइकल चालक सोही ठाउँका ३१ वर्षीय नवराज कुँवरलाई उ’द्धार गरी कटारी अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । कार्कीको उप’चारकैक्रममा अस्प’तालमा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खवर

Back to top button