जब नायिका वर्षा राउत ‘हुन्छ भनन्’ भन्दै प्रकाश सपुतसँग आइन् (हेर्नुस् भिडियो)

काठमाडौं : नायिका वर्षा राउत ‘हुन्छ भनन्’ मा गायक प्रकाश सपुतसँग आएकी छिन् । निकै चर्चाकाबीच विवा’दित बनेकाे गलबन्दी गीतका गायक एवम् मोडेल प्रकाश सपुत र नायिका वर्षा राउत नयाँ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । याेसँगै म्युजिक भिडियाेमा पकड बनाइरहेका गायक सपुत र फिल्मी क्षेत्रमा उदाइरहेकी नायिका राउत एउटै सीनमा देखिएका छन् ।

गायिका पूजा सुनुवारको ‘रहर’ एल्बममा समावेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउतले अभिनय गरेका हुन् । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम ‘रहर’लाई वरिष्ठ संगीतकार लक्ष्मण शेषले सार्वजनिक गरेका हुन् ।

सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन् । अनुप चापागाईँको नि’र्देशनमा बनेको उक्त म्युजिक भिडियोलाई उत्सब दाहालले छायाँकन र विकाश दाहालले सम्पादन गरेका छन्। दीपक शर्माको शब्द र संगीत रहेको उक्त गीत ‘हुन्छ भनन’मा डेबिड शंकरको मेल भोकल रहेको छ ।

हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button