नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक


काठमाडौं : नेपालकाे नयाँ राजनीतिक नक्सा सार्वजनिक भएकाे छ । पछिल्लाे समय निकै विवा’दित बनेकाे सीमा क्षेत्रलाई समेटेर नेपालकाे नयाँ राजनीतिक नक्सा सार्वजनिक भएकाे हाे । नागरिक समाजका तर्फबाट गठ’न गरिएको सीमा बचाऊ अभि’यानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको हाे ।
रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर अभि’यानको नक्सा समितिले भारतीय अति’क्रमणमा परेको नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । नक्सा तयार गरेको विधिबारे जानकारी दिँदै अभि’यानका प्रा. डा. नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रखांकन गरिएको बताए । उनले भने,’डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं।’ नक्सा बनाउँदा काली नदीको मुहानबारे पनि प्रष्ट पारिएको उनले बताए ।



सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने बताए । उनले नक्सा तयार पारिएको विधि समेत उल्लेख गरे । नागरिक अगुवा तथा सीमा बचाऊ अभि’यानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए। उनले भने, ‘हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि न’छोड्ने मूल सिद्धा’न्त हो।’ सार्वजनिक गरिएको नक्सा सुगौली सन्धि अनुसारको भएको उनले बताए।
भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाइ थियो । नापी विभागका पूर्व महानि’र्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभि’यानलाई धन्यवाद दिए । उनले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए । उनले भने, ‘हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरै धन्यवाद छ।’ पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई का’उन्टर गर्न नक्सा सार्वजनिक गरिएकोमा खुशी व्यक्त गरे ।
उनले भने, ‘भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रति’रोध गर्न आवश्यक छ।’ पूर्वसचिव तथा अभियानकर्ता डा. द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिए । नक्सा तयार भएकाले सबै क्षेत्रमा पुर्याउनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघसम्म नक्सा पुर्याउनेबारे विचार गरिएको उनले बताए ।