‘दुई तिहाइ सरकारको राष्ट्रवाद कालापानीमा टुं’गियो’


बागलुङ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ सरकारको राष्ट्रवाद कालापानीमा आएर टुं’गिएको बताएका छन् । नेपाली काँग्रेसले शनिबार बागलुङको निसीखोलामा आयोजना गरेको चु’नावी स’भालाई सम्बो’धन गर्दै सभापति देउवाले कम्युनिष्टको च’र्को भाषण र बोलीको राष्ट्रवादको हविग’त अहिले देखिएकाे बताएका छन् ।
पोखराको चु’नावी स’भामा भारतले प्रधानमन्त्री केपी ओलीको सहमतिमै नयाँ नक्सा सार्वजनिक गरेको अभि’व्यक्ति दिएका सभापति देउवा बागलुङको स’भामा केही नरम रुपमा प्रस्तुत भएका थिए । ‘भारतले सार्वजनिक गरेको नयाँ नक्सामा देशका भूभाग पर्दा पनि सरकारले यथेष्ट पहल गर्न सकेको छैन,’ उनले भने, ‘यो सरकार हरेक हिसाबले अ’सफल भइसक्यो ।’



राष्ट्र र राष्ट्रियताका सवालमा वर्तमान सरकार उदा’सिन देखिएको सभापति देउवाको आ’रोप थियो । देशको दुई तिहाइको सरकार विकास र समृद्धिका लागि नभई लु’ट्नमै लागि परेको र जनतालाई साथभन्दा बढी दुःख दिने गरेको उनको आराे’प थियो ।
कार्यक्रममा सभापति देउवाले अब देशको विकास र हरेक स’मस्याको निकास दिनका लागि नेपाली कांग्रेसलाई जनताको साथ आ’वश्यक रहेको भन्दै जनतालाई उपचु’नावमा मत दिन आ’ह्वान गरे ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोक’तन्त्रलाई खत’रामा पार्न खो’जेको बताए । ‘सरकार राम्रा भन्दा पनि नराम्रा काम गर्नमा उद्य’त छ,’नेता पौडेलले भने,‘यस्तै चालले अबको तीन वर्षमा देश ख’तरामा जाने सं’केत देखिएको छ ।’








