हेलिकप्टर चा’र्टड गरेर बालविवाह सम्पन्न

जनकपुरधाम : धनुषामा बालविवाह गराउँदा हेलिकप्टर चा’र्टड गरेकाे घ’टना सार्वजनिक भएको छ । जिल्लाकाे कमला नगरपालिका -४, बल्हासघारास्थित एक नीजि विद्यालयका सञ्चालकले उमेर नपुगेकी आफ्नी छाेरीकाे  विवाह हेलिकप्टर चार्टड गरे सम्पन्न गराएको घ’टना सार्वजनिक भएको हो । कमला नगरपालिका -४, स्थित एक नीजि विद्यालयका सञ्चालक सतार कबारीले आफ्नी छोरीको विवाहमा दुलाह ल्याउन हेलिकप्टर चा’र्टड गरेका हुन्। कबारीले आफ्नी एकमात्र १६ वर्षीया छोरीको विवाह भव्य बनाउन दुलाहलाई हेलिकप्टर चढाएर विवाहमा स्वागत गरेकाे स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार १८ वर्षीय बेहुला मो. शम्शेर जनकपुरस्थित मोडेल मल्टिपल क्याम्पस कक्षा १२ मा पढ्दैछन्। बेहुली स्थानीय स्कुलमा कक्षा १० मा पढ्दैछिन्। शनिबार झण्डै १२ बजेको समयमा कबारीको घर नजिकै धान खेतमा हेलिकप्टर अवतरण गराइएको थियो । पहिल्यैदेखि नै गाउँमा छोरीको नमूना विवाह गराउने भनि प्रचार गरिएकोमा हेलिकप्टर चा’र्टड उत्सुकताले गाउँभरिका हजारभन्दा बढी मानिस हेर्न आएका थिए ।

हेलिकप्टर अवत’रण हुनु अगाबै दुलहीको घरमा करिब दुई दर्जन जीप र कारमा डेढ सय जन्ती अघि नै आइपुगेकको स्थानीयले बताए । बेलुकी ४ बजेतिर दुलही लगेर जन्ती फर्किएको थियो । विवाह समारोहमा सोही वडाका अध्यक्ष पल्टु कबारी उपस्थित रहे । तर, उनलाई कानुनी रुपमा किशोर-किशोरी दुवै विवाहका लागि अयो’ग्य भएको थाहा भएपनि दिउँसोभरी विवाहमा रमाएनन् मात्रै सँगै भोज समेत खाए । उनले बाल विवाह भएनभएकाे थाहा नभएकाे बताएका छन् । अध्यक्ष कबारीले भने, ‘मलाई के थाहा बालविवाह भएको हो की, के हो ? म सबैको नागरिकता हेर्दै हिँड्छु, क्या हो, गाउँमा हुने विवाहमा निम्तो थियो, भोज खाएर आएँ, अरु मलाई केही थाहा छैन, जसले तपाईलाई जानकारी दियो, त्यहीसँग सोध्नुस् ।’

हेलिकप्टरको सुर’क्षामा नेपाल प्रहरी तथा सश’स्त्र प्रहरी खटिए पनि उनीहरुले आफू हेलिकप्टरको सुर’क्षामा ख’टिएको र विवाहबारे खासै चासो नभएको सहायक प्रहरी निरीक्षक गणेश दुनुवारले बताए । उनले भने, ‘इलाका प्रहरी कार्यालय खजूरीबाट निर्दे’शअनुसार हामीले सुर’क्षा दियौं।’ बालविवाहको घट’ना सार्वजनिक भएपछि कानू’नी झ’मेला पर्ने ड’रले केटीको जन्मदर्ता सच्याइएको आ’शंका गरिएको छ ।

सम्बन्धित खवर

Back to top button