श्रम स्वीकृति अनलाइनबाटै
काठमाडौं : अबदेखि अनलाइनबाटै श्रम स्वीकृति हुने भएकाे छ । वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते अर्थात आउँदो आइतबारदेखि अनलाइनबाटै श्रम स्वीकृति गर्ने भएकाे हाे । अबदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको श्रम विभागले जनाएकाे छ । गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ विभागले विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हाे । विभागका महानिर्देशक भीष्मकुमार भुषालले वैदेशिक रोजगारीमा जान चाहने युवाको प्रक्रियागत कामलाई सरल र व्यवस्थित गराउने उद्देश्यले विद्युतीय पालो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।
सेवाग्राहीले श्रमस्वीकृतिका लागि अनलाइनमार्फत फाराम पेस गर्नेबित्तिकै सेवाग्राहीको श्रम स्वीकृति लिने पालो कुन दिन पर्छ भन्ने थाहा हुने छ । सेवाका लागि सेवाग्राहीले जुन कार्यालयमा छिटो पालो आउँछ त्यहाँबाट लिन सकिने महानिर्देशक भुसालले जानकारी दिए । उनले भने, ‘पाल्पाबाट आउने सेवाग्राही हुनुहुन्छ भने काठमाडौँभन्दा बुटवलमा छिटो पालो आयो भने त्यहीँबाट लिन सक्नुहुन्छ ।’ याे प्रणाली कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगार श्रम कार्यालय ताहाचलमा लाग्ने भी’ड पनि स्वतः कम हुने र सेवाग्राही दिनहुँ श्रम कार्यालय धाउनुपर्ने बा’ध्यता अ’न्त्य हुने उनले बताए ।
श्रम स्वीकृतिका लागि सेवाग्राहीले फाराम बुझाइसकेपछि कारणवश अस्वी’कृत हुने भएमा वा थप कागजात पे’स गर्नु परेको खण्डमा विभागले मोबाइलमा एसएमएस (मेसेजिङ) पठाउने व्यवस्था गर्न लागेको छ । श्रम स्वीकृतिको सूचना पनि मोबाइलको मेसेजमार्फत विभागले जानकारी गराउने व्यवस्था गर्ने छ । सेवाग्राहीले फाराम भर्दा पे’स गरेको ईमेलमा श्रम स्टिकर पठाउने कार्य यसअघि नै कार्या’न्वयनमा ल्याइसकेको विभागले जनाएको छ । विभागका महानि’र्देशक भुषालले विद्युतीय भु’क्तानीका लागि लामो समयदेखि प्राविधिक तयारी गरेर सेवा प्रदायकसँग स’म्झौताको चरणमा पुगेको र छिट्टै कार्या’न्वयनमा जाने जानकारी दिनुभयो । उनका अनुसार यो प्रणाली लागू भएपछि क’ल्याणकारी कोषको पैसा तिर्न बैङ्कमा जानुपर्ने वा बि’चौलियाको सहयोग माग्नुपर्ने अवस्थाकाे पनि अ’न्त्य हुने छ ।