प्याजको मूल्य आकासियो


काठमाडौं : नेपाली बजारमा प्याजको मूल्य आकासिएर उच्च बिन्दुमा पुगेको छ । स्वदेशमै उत्पादन हुन नसक्नु र बाह्य क्षेत्रबाट पनि आयात गर्न नसक्दा प्याजको मूल्य आकासिएको हो । किसानको बारीमा उत्पादन भएको नयाँ प्याज बजारमा आउने समय भएपनि न्यून उत्पादन र भारतबाटसमेत आयात रोकिएकाले बजारमा प्याजको अभाव हुँदा मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
अहिले प्याजको खुद्रा मूल्य १ सय ९५ रुपैयाँ प्रतिकिलो निर्धारण भएको छ । उपत्यकाका अन्य साना बजार र पसलबाट बिक्री हुने प्याजको भाउ प्रतिकिलो दुई सयभन्दा बढी छ । शुक्रबार र शनिबार मात्र कालिमाटी बजारमा प्रतिकिलो १ सय ८५ रुपैयाँमा प्याज बिक्री भएको थियो । तर, आइतबार देखि प्रतिकिलो १० रुपैयाँले बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।



कालिमाटी बजारमा प्याजको थोक आयात र बिक्री गर्दै आएका व्यवसायीहरुका अनुसार असोज दोस्रो सातादेखि भारतबाट न्यून मात्रामा आयात भइरहेको छ । भारतले प्याज निर्यातमा क’ठोर नीति लिएपछि आयात गर्न नसकेको उनीहरु बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार असोजमा मात्रै ३७ करोड रुपैयाँभन्दा बढीको प्याज आयात भइसकेको छ । व्यवसायीहरुका अनुसार अन्य मुलुकबाट आयत हुने प्याज पनि भारतीय बाटो हुँदै ल्याउनु पर्दा महंगो हुन पुगेको हो ।
मंसिर १ मा औसत खुद्रा मूल्य १ सय ७५ रुपैयाँ रहेको प्याज शुक्रबारसम्म १ सय ८५ देखि १ सय ९० रुपैयाँ कायम भएको थियो । आयातमा निर्भर रहेकै कारण बजार अभाव भई मूल्य आकासिएको व्यवसायीको भनाइ छ । काठमाडौं उपत्यकामा भारतबाट सामान्य अवस्थामा ८० देखि ९० टन प्याज आयात हुने गरेको थियो । व्यवसायीका अनुसार स्वदेशी उत्पादनले ५ प्रतिशत पनि धान्न सक्दैन । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्याज उत्पादनका लागि ठोस कार्यक्रमसमेत लागू गरेको छैन । त्यसैले प्याज उत्पादनमा कृषकको उत्साह छैन । किसानले वर्षभर आफैँ उपभोग गर्ने परिमाण मात्रै बारीमा लगाउने भएकाले बजारमा नेपाली प्याज खासै नआउने व्यवसायीको भनाइ छ ।
मध्य–असोजपछि निरन्तर परेको बेमौसमी बर्सातले भारतीय किसानले बारीमा लगाएको प्याजमा ठूलो नो’क्सानी भएको छ । खासगरी प्याज धेरै उत्पादन हुने नासिक, अहमदानगर र पुनेमा ठूलो क्ष’ति भएको छ । सोहीकारण राजधानी दिल्लीलगायतका ठूला सहरमा प्याज आपूर्ति गर्न निकै क’ठिनाइ भएको छ । धेरै किसानले गत वर्षको मौज्दात परिमाण बिक्री गरिरहेको जनाएका छन् । तर, गत वर्षसमेत प्याज उत्पादनमा गिरा’वट आएकाले हालको मागअनुसार आपूर्ति हुन नसकेको दिल्लीका व्यापारीले जानकारी दिएका छन् । मागअनुसार आपूर्ति हुन नसक्दा पछिल्लो तीन महिनामा प्याजको थोक बजारमा मात्र मूल्य चार गुणा वृद्धि भइसकेको छ ।
यतिवेला दिल्लीमा प्याजको खुद्रा मूल्य ८० भारुभन्दा बढीमा कारोबार भइरहेको छ । दुई साताअघि यो मूल्य १ सय भारु नाघेको थियो । बढ्दो प्याजको भाउ निय’न्त्रण गर्न केन्द्रीय खाद्य एवं सार्वजनिक वितरण मन्त्रालयका मन्त्री रामविलास पासवनले केही दिनअघि १ लाख टन प्याज आयात गरेर दिल्लीमा वितरण गर्न लागेको उ’द्घोष गरेका थिए । त्यसपछि भाउ केही तल झ’रेको छ ।
मन्त्री पासवानको घोषणालाई कार्यान्वयन गर्ने क्रममा गत बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय मन्त्रीमण्डलले १ लाख २० हजार टन प्याज आयात गर्ने नि’र्णय गरेको छ । यो निर्णयलगत्तै भारतीय सरकारका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार गर्ने एमएमटिसीले ४ हजार टन प्याज आयातका लागि टेन्डर गरिसकेको छ ।








