‘सरकारले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्न नसके कांग्रेसले गर्छ’

पोखरा : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रव’क्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्न सरकारसँग आ’ग्रह गरेका छन् । उनले नेपाल प्रे’स युनियन कास्कीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्ने क्रममा उक्त क्षेत्र समेटेर तीन दिनभित्र नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्न सरकारसँग आ’ग्रह गरेका हुन् । उनले भने ‘सरकारले नयाँ राजनीतिक नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि काँग्रेस तयार छ ।’ प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जा’री गरेको वि’वादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढ्न नसकेकाे उनले आ’राेप लगाए ।

राष्ट्रिय एकताका विषयमा आन्तरिक झ’गडा नभई सबै एकैठाउँमा उभिएर सम’स्या समाधानतर्फ लाग्नुपर्नेमा जो’ड दिँदै प्रव’क्ता शर्माले भने, ‘यो हाम्रा लागि ऐतिहासिक अव’सर हो, सरकारले यथाशीघ्र कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्छ । यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक छ ।’ भारतले प्रधानमन्त्री ओलीको सह’मतिमा नक्सा जा’री गरेको भनेर काँग्रेस सभापतिले आशं’का मात्र व्यक्त गरेको बताउँदै उनले यस सम्बन्धमा सरकार र नेकपाका नेताले जवाफ दिनुभन्दा भारतसँग छिटो वा’र्ता गर्नुपर्नेमा जो’ड दिए । सबै राजनीतिक दलले पटकपटक भारतसँग छिटो वा’र्ता गर्न भने पनि प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका कारण आशं’का गरिएको उनले बताए ।

प्रवक्ता शर्माले भ्र’ष्टाचार छा’नबिन गर्न संसदीय समिति, अ’ख्तियार दु’रुपयोग अनुस’न्धान आयोग जस्ता निकायको बेवा’स्ता गरी सरकार आफैँले छा’नबिन समिति बनाएको समेत आराे’प लगाए । पार्टीले जि’म्मेवार प्रतिपक्षका रूपमा भूमिका निर्वाह गरिरहेको बताउँदै प्रव’क्ता शर्माले सरकार ग’ठनको यस अवधिमा महङ्गी, ह’त्या, हिं’सा, भ्र’ष्टाचार एवं बला’त्कारजन्य घ’टना दिनानुदिन बढिरहेको बताए ।

देशैभरिको उपनिर्वाचनको वातावरण काँग्रेसका पक्षमा भएको दा’बी गर्दै उनले कास्की क्षेत्र नं २ मा हुने निर्वाचनमा पार्टीले दुई हजार ४०० भन्दा फराकिलो मतले जित्ने सूचना प्राप्त भएको जानकारी दिए । कास्की क्षेत्र नं २ मा काँग्रेसले त्या’गी, निष्ठावान नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको बताउँदै उनले चुनावमा काँग्रेस पार्टीभित्रको एकता मजबुत रहनुका साथै सरकारका गतिविधिका कारण पार्टीलाई निर्वाचन जित्न सहज बनाएको उल्लेख गरे । वर्तमान सरकारलाई सच्चिन दबा’ब दिनका लागि कम्युनिष्ट कार्यकर्तालाई पनि यस पटक काँग्रेसको रुख चिह्नमा मतदान गर्न उनले आ’ग्रह गरे ।

सम्बन्धित खवर

Back to top button