राष्ट्रियताकाे विषय चुनाबी एजेण्डा बनाएकाे भन्दै प्रचण्डकाे आप’त्ति


चितवन : पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको विषयलाई चुनावी एजेण्डा बनाएकोप्रति आ’पत्ति जनाएका छन् । भरतपुर महानगरपालिका- १६ मा आयोजित चुनावी स’भालाई सम्बोधन गर्दै सोमबार अध्यक्ष प्रचण्डले राष्ट्रियताकाे विषयलाई चुनावी एजेण्डा बनाएर अघि बढे ठूलो ग’ल्ती हुने बताएका हुन् ।
‘देउवाजी जस्ता साथीहरु झु’ट्टा कुरा नगरौं, भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकता जस्ता कुरा चुनावी एजेण्डा होइनन् ।’ अध्यक्ष प्रचण्डले भने, ‘नेपाली भूमि फिर्ता गर्न भारतसँग राजनीतिक र कूटनीतिक पहल सुरु भइसकेको छ । जुनसुकै किसिमको पहल कदमी लिएर अति’क्रमित भूमि फिर्ता गरिने छ।’ उनले भने, ‘हामी एक इञ्च पनि भूमि छोड्न सक्दैनौं र हामीलाई कसैको एक इञ्च भूमि पनि चाहिएको छैन ।’ उनले भारतद्वारा अति’क्रमित नेपाली भूमिबारे राजनीतिक र कूटनीतिक तवरबाट निकास खोजिएको बताए ।



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको ग’म्भीर आ’रोप लगाएका थिए । गत शनिबार पोखरामा आयोजित उपनिर्वाचन प्रचार-प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीकै सहमतिले भारत सरकारले नेपाली भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको बताएका थिए ।
‘भारतले ओलीसँग कुनै स’म्झौता गरेरै नयाँ नक्सा गरेको हुनसक्छ,’ उनले भने, ‘नत्र नेपाली भूभाग मि’चिएको प्र’ष्ट हुँदाहुँदै सरकारले किन उच्चस्तरको कुटनीतिक पहल गर्दैन। त्यही भएर केपी ओलीको सहमतिमा भारतले नक्सा जा’री गरेको पुष्टि हुन्छ।’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वर्तमान सरकारकै कारण भ’ष्ट्राचार मौ’लाएको समेत आ’रोप लगाएका थिए । ‘जनतालाई ढाड से’क्नेगरी कर थोपर्ने र भ्र’ष्टाचार कसरी गर्ने भन्नेबाहेक अहिलेको सरकारको अरु ध्यान छैन भन्ने आराेप लगाएपछि आज प्रचण्डले उक्त कुरा खण्डन गरेका हुन् ।








