नेपाल भ्रमण वर्षकाे उद्घाटन राष्ट्रपतिद्वारा, प्रधामन्त्रीको वि’शेष सम्बोधन


काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिने भएकाे छ । उक्त उद्घाटन समरोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशे’ष सम्बोधन गर्ने कार्यक्रम तय भएकाे छ । नेपाल भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको बै’ठकले राष्ट्रपतिद्वारा कार्यक्रमकाे उद्घटन र प्रधानमन्त्रीकाे वि’शेष सम्बाेधन गर्ने नि’र्णय पारित गरेकाे हाे । नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्न नेपालमा उत्पादित कुनै पनि सामानको प्याकेटको बाहिरी भागमा नेपाल भ्रमण वर्षको लोगो राख्न समेत सरकारले आ’ग्रह गरेको छ । मूल आयोजक समितिको बै’ठकले प्याकेटको बाहिरी भागमा लोगो राख्न आग्रह गर्नेसहित भ्रमण वर्षलाई व्यवस्थित गर्न १४ ओटा नि’र्णय पारित गरेको हाे ।
समारोहमा मन्त्रीहरु, मुख्यमन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुखहरु, ४० देशका पर्यटन मन्त्रीहरु, विश्वका ठूला विमान कम्पनीका प्रमुखहरु र विश्वका चर्चित सञ्चारमाध्यमका प्रतिनिधिलगायतको सहभागिता रहने जनाइएको छ। उद्घाटनको अघिल्लो राति ३१ डिसेम्बरमा ठमेलमा नेपाल भ्रमण वर्षको वि’शेष कार्यक्रम गरिने जनाइएको छ । बौद्ध, स्वयम्भू, पशुपतिनाथ, लुम्बिनी र जनकपुरलगायतका ठाउँमा २ हजार २० ओटा दियो बा’ल्ने कार्यक्रम छ। नेपाल प्रहरी, सश’स्त्र प्रहरी, नेपाली से’नाले विशे’ष कला प्रद’र्शन गर्नेछन् भने कुटुम्ब, नेपत्थ्यलगायतका देशका चर्चित सांगीतिक समूहले प्रस्तुति दिने तयारी भइरहेको छ।



यस्ता छन् मूल आयोजक समितिका १४ निर्णय
राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उद्घाटन हुने । उद्घाटन सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विशे’ष सम्बोधन । मूल आयोजक समिति सदस्यहरुले एक सातामा आफूले गर्ने स्पष्ट कार्यक्रम ल्याउनु पर्ने प्रचार सामग्री त्रिभुवन विमानस्थलमा राखिने। विदेश जाने विद्यार्थी वा कामदार तथा अन्यले नेपाल भ्रमण वर्षको प्रचार हुने सामाग्री उपलब्ध गराउने। विद्यार्थी भए पढ्न गएको कलेजका प्रमुखलाई नेपालको केही न केही उपहार दिनुपर्ने वा कामदार भए आफू कार्यरत कम्पनीको कार्यकारी प्रमुखलाई उपहार दिनुपर्ने। सबै राजनीतिक दलहरुसँग साझा कार्यक्रमका लागि पहल गरिने। प्रदेश सभाले पनि पर्यटन वर्षको उद्घाटनको चाँजोपाँजो मिलाएर यसको जानकारी १५ दिनभित्र भ्रमण वर्ष सचिवालयमा पठाउने।
यस्तै, नेपाल भित्र उत्पादन हुने कुनै पनि उत्पादनको प्याकेटको बाहिरी भागमा नेपाल भ्रमण वर्षको लोगो राख्न सबैलाई आग्रह गरिने। नेपाल भ्रमण वर्ष २०२० मूख्य आयोजक समितिमा रहने विभिन्न संघसंस्था वा व्यक्तिले विदेश भ्रमण गर्दा अनिवार्य नेपाल भ्रमण वर्षबारेमा प्रस्तुतीकरण गर्ने। सार्वजनिक स्थललाई झकिझकाऊ गरी सुन्दर बनाउन पहल गर्ने। उपत्यका भित्रका स्थानीय तहसँगको सहकार्यमा सरसफाई थालिने। दुबईको बुर्ज खलिफा लगायत विश्वको गगनचुम्बु भवनमा नेपाल भ्रमण वर्षको लोगो देखाउन एनआरएन र नेपाली राजदूतावाससँग समन्वय गर्ने। नेपाल भ्रमण वर्षको आधिकारिक गीतमार्फत् भ्रमण वर्षको प्रवर्द्धन गर्ने।








