कृषि विकास बैंककाे रकम हिनामिना गर्ने ८ विरु’द्ध मु’द्दा दा’यर

काठमाडौं : कृषि विकास बैंकका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध अ’ख्तियार दु’रुपयोग अनुस’न्धान आयोगले वि’शेष अदा’लतमा मु’द्दा दा’यर गरेको छ । उक्त बैंककाे शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत गाैतम सहित ८ जनाले २०७१ साल असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरका’नूनी रुपमा ३३ करोड ९३ लाख रुपैयाँ हि’नामिना गरेको भन्दै आयोगले वि’शेष अदा’लतमा मु’द्दा दा’यर गरेको हो । शाखा अधिकृत गाैतमसहित ८ जनाविरुद्ध जनही ३३ कराेड ९३ लाख रुपैयाँ बि’गाे मा’ग गरी मु’द्दा दा’यर गरिएकाे आयाेगका प्रव’क्ता प्रदीपकुमार काेइरालाले जानकारी दिए ।

शाखा अधिकृत गौतमले झु’टो विवरण तथा न’क्कली नागरिकता बनाई रे’मिटबाट आएको फ’र्जी का’रोबार देखाई जम्मा गरेको र ट्रा’न्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट र अन्य विभिन्न बैंकबाट भु’क्तानी लिने गरेको अ’ख्तियारले जनाएको छ । साथै उनी न’क्कली नाम तेजबहादुर थापाबाट नागरिकता र राहदानी बनाएर विदेश जाने योजनास्वरुप भारत गएर बसेको पनि अ’ख्तियारले जानकारी दिएको छ ।

यस्तै, बैंकका तत्कालीन शाखा प्रब’न्धक भरतबहादुर बानियाँले पनि आर्थिक का’रोबार, कर्मचारीको रे’खदे;ख र व्यवस्थापनसमेतको सम्पूर्ण जि’म्मेवारी पूरा गर्न नसकेको भन्दै अ’ख्तियारले मु’द्दा हा’लेको हो । साथै रकम हि’नामिना गर्न गौतमलाई स’घाएको आ’रोपमा स’म्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दिप गुप्ता र कृष्णहरि थापा विरु’द्ध पनि मु’द्दा द’र्ता गरिएको छ ।

सम्बन्धित खवर

Back to top button