नवनियुक्त मन्त्रीलाई सुदूरपश्चिम कानून विद्यार्थी समाजले बुझायो अपेक्षा-पत्र


काठमाडौं : पुनर्गठित मन्त्रीमण्डलमा नवनियुक्त मन्त्री सामु सुदूरपश्चिम कानून विद्यार्थी समाजले अपेक्षा-पत्र बुझाएको छ । सुदूरपश्चिम कानून विद्यार्थी समाजले आइतबार नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई मन्त्रालयमै भेटेर अपेक्षा-पत्र बुझाएको हो ।
संस्थाका महासचिव जीवन साउँदले अपेक्षा-पत्रमार्फत मन्त्री भट्टलाई सुदूरपश्चिम प्रदेशमै कानून विषय अध्यन अध्यापन हुने व्यवस्थाका लागि पहल गर्न जोडदार माग गरेको बताए । पत्र ग्रहण गर्दै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमै कानून विषय अध्ययन अध्यापनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको संस्थाका अध्यक्ष गणेश दत्त जोशीले जानकारी दिए । मन्त्री भट्टले यसकालागि यथासिघ्र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिसँग कुरा गर्ने आश्वासन समेत दिएको अध्यक्ष जोशीले बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका कानून पढ्ने विद्यार्थीहरु एकीकृत भएको देख्दा मन्त्री भट्टले खुसी लागेको बताउँदै संस्थाको प्रशंसा गरेका थिए ।
पत्रमार्फत स्वर्णिम कार्यकालको शुभकामना दिँदै पदलाई समाज रुपान्तरणको अव’सरका रुपमा लिई कुना कन्दरासम्मको जीवनस्तर उकासेर आफूलाई श्रेयको अवसर दिनुहुनेछ भनी अनुरोध गरिएको छ । अपेक्षा-पत्रमा कार्यकालको अन्तसम्म आइपुग्दा आम सर्वहारा नागरिकले आफ्नो नेता पाएकोमा गर्व महसुस गर्न पाउन भनेर अपेक्षा गरिएको छ । मन्त्री भट्टकै अगाडि संस्थाका उपाध्यक्ष साधना देउवाले अपेक्षा-पत्र पढेर सुनाएकी थिइन् ।



अपेक्षा-पत्र हस्तान्तरण गर्न संस्थाका अध्यक्ष गंगादत्त जोशी सहित वरिष्ठ उपाध्यक्ष प्रीति साउँद, उपाध्यद्वय साधना देउवा र भैरव राना, महासचिव जीवन साउँद, सचिव दिपक जोशी र सदस्य रोहित ओझा सहितको टोलि सिंहदरवारस्थित मन्त्रालयमै पुगेको थियो ।