अर्का अध्यक्ष भन्दा सिनियर भएकाे ओलीकाे दा’बी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष भन्दा सिनियर रहेकाे दा’बी गरेका छन् । एक टेलिभिजन कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले पार्टीमा सिनियारिटीको हिसावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा आफू सिनियर अध्यक्ष भएको दा’बी गरेका हुन् । कान्तिपुर टेलिभिजनमा प्रसारण हुने फाइरसाइड कार्यक्रममा भुषण दाहालसँग कुराकानी गर्दै ओलीले आफू पुष्पकमल दाहाल प्रचण्डभन्दा सिनियर अध्यक्ष भएको दा’बी गरेका हुन्।

सरकारका हरेक काममा आफूले प्रचण्डसँग सल्लाह गर्ने गरेको उल्लेख गर्दै प्रचण्डले पनि पार्टीमा नि’र्णय गर्दा आफूसँग सल्लाह गर्ने गरेको ओलीले प्रष्ट पारे । आफूले अध्यक्षता नगर्दैमा आफू कार्यकारी नहुने भन्ने नहुने उनको तर्क छ । पहिले आफूले मात्रै अध्यक्षता गर्ने गरेको भएता पनि अब प्रचण्डले पनि अध्यक्षता गर्ने ओलीले बताए।

सरकारको काम पनि मैले सल्लाह नै गरेर गर्छु । पार्टीको काम पनि मसँग सल्लाह गरेर गर्नुहुन्छ । सिनियारिटीको हिसावमा म सिनियर अध्यक्ष हो उहाँ अर्को अध्यक्ष हो । उनले भने, ‘मैले अध्यक्षता नगर्दा म कार्यकारी होइन भन्ने होइन । म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो । बढुवा भएको त कसरी हुन्छ ? मैलेमात्रै अध्यक्षता गर्थे अब उहाँले पनि गर्नुहुन्छ । कहिलेकाही मैले पनि गर्छु । उहाँले पनि गर्नुहुन्छ ।’

ओलीले स्थायित्व आवश्यक रहेको हुँदा आफूहरु प्रधानमन्त्री नफेर्ने निष्कर्षमा पुगेको खुलासा गरे। आफू सरकारको काममा केन्द्रित हुने र प्रचण्ड पार्टीको काममा केन्द्रित हुनेगरि शक्ति बाँड-फाँड गरिएको उनले स्पष्ट पारे।

सम्बन्धित खवर

Back to top button