नीजि मेडिकल कलेजद्वारा सु’टर झिकाएर ज्यान मार्ने ध’म्की


काठमाडौं : नीजि मेडिकल कलेजका केही सञ्चा’लकहरुले विद्यार्थी तथा उनका अभि’भावकलाई भारतबाट सु’टर झि’काएर ज्यान मा’र्ने ध’म्की दिएकाे खुलासा भएकाे छ । आज मंगलबारसम्म निजी मेडिकल कलेज स’ञ्चालकले विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले अन्तिम अल्टिमेटम दिएकाे छ । नीजि मेडिकल कलेज सञ्चालकहरुले सरकारले दिएकाे १५ दिने अल्टिमेटमलाई बेवास्ता गरेपछि अतिरिक्त शुल्क फिर्ता गर्न अन्तिम पटक एकदिने अल्टिमेटम दिइएकाे हाे । शिक्षा मन्त्रालयले कात्तिक २६ गते सार्वजनिक सूचना प्रकाशन गरी निजी मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग गैरकानूनी रुपमा असुलेको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न १५ दिने अल्टिमेटम दिएको थियो। तर निजी कलेजहरु सरकारी नि’र्देशन मान्नुको साटो उल्टै विद्यार्थी र तिनका अभिभावकलाई ध’म्की दिएर तह लगाउनतर्फ लागेका खुलासा भएकाे छ । कतिपय कलेजले सीमापारिबाट सु’टर झिकाएर ह’त्या गर्नेसम्मको ध’म्की विद्यार्थीलाई दिएको नेकपा निकट अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिए ।
१५ दिने समय सीमा सकिनु अघिल्लो दिन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी कलेज सञ्चालकसँग अतिरिक्त शुल्क फिर्ता गराउन दिनभरि सक्रिय रहे। मन्त्री पोखरेलले बिहान ८ः३० बजे त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा, काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजू, डिनहरु, मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी, सदस्यसचिव हरि लम्सालसँग मेडिकल कलेजको ब’दमासीबारे छल’फल गरेका थिए।



मन्त्रीज्यूले उपकुलपति तथा डिनहरुलाई तोकेभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गराउन कडा निर्दे’शन दिनुभयो,’ मन्त्रीका स्वकीय सचिव पूरण केसीले भने, ‘त्यसलगत्तै मन्त्रीले दिउँसो १ बज नेकपा अनेरास्ववियु र नेवि संघका विद्यार्थी नेतासँग छलफल गर्नुभयो। १ः४५ बजे देशभरिका निजी मेडिकल कलेज सञ्चालकसँग छल’फल गरी बढी लिएको शुल्क फिर्ता गर्न अन्तिमपटक निर्दे’शन दिनुभयो।’ । तर १५ दिने अल्टिमेटमलाई बेवास्ता गर्दै उल्टै विद्यार्थीहरुलाई कलेज सञ्चालकले सीमापारीबाट सु’टर ल्याएर ज्यान मा’र्ने ध’म्की दिन थालेकाे नागरिक दैनिकले खबर छापेकाे छ ।








