उपनिर्वाचन: दाङ प्रदेशसभा सदस्य पद कस्काे पाेल्टमा ?


दाङ : दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) मा मंसिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा विभिन्न दलहरुबाट १४ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सदस्य उत्तर कुमार वलीको सवारी दु’र्घटनामा परी नि’धन भएपछि उक्त पद पूर्तिका लागि हुने उपनिर्वाचनमा १४ जनाले उम्मेदवारी दिएका हुन् । प्रदेशसभा सदस्यका लागि १२ दल र २ स्वत’न्त्र गरी १४ जनाकाे उम्मदेवारी परेकाे निर्वाचका आ’याेगकाे कार्यालय दाङले जनाएकाे छ ।
चुनाव नजिकिँदै गर्दा ती उम्मेदवारहरुले आ– आफ्नो जीत हुने दा’बी गरेका छन्। विगतको निर्वाचनलाई हेर्दा उक्त क्षेत्रका कांग्रेस, माओवादी र एमालेका उम्मेदवारहरु निर्वाचित भएका थिए। अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच क’डा प्रति’स्पर्धा हुने आंक’लन गरिएको छ। नेकपाको तर्फबाट स्व’र्गीय उत्तर कुमार वलीकी श्रीमती विमला वली उम्मेदवार बनेकी छिन् । यस्तै नेपाली कांग्रेसले पुराना त्या’गी नेताका रुपमा चिनिएका केशवराज आचार्यलाई उम्मेदवार बनाएको छ । तर ती दुबै उम्मेदवारहरुले आफूहरुले नै जित्ने दा’बी गर्दै आएका छन्।



नेकपाकी उम्मेदवार वलीले आफ्ना स्वर्गीय श्रीमान उत्तर कुमार वलीले पश्चिम दाङको विकासको लागि छोटो समयमा धेरै काम गरेकाले त्यहाँ बाँकी रहेका अधुरा काम पूरा गर्न पश्चिम दाङका मतदाताले आफूलाई नै साथ दिने बताएकी छिन् । उता नेपाली कांग्रेसका उम्मेदवार आचार्यले पनि आफू पुरानो त्या’गी नेता मात्रै नभइ पश्चिम दाङका नागरिकका लागि म’रिमेटी काम गर्दै आएकाले आफूलाई नै मतदाताले साथ दिने बताए छन् ।
काे हुन् वली ?

दंगीशरण गाउंपालिका ६ लेटार निवासी विमलाको वि.सं. २०४१ सालमा नेपालगंज जन्म भएको थियो । विमलाको स्व’र्गीय वलीसँग २०६५ सालमा विवाह भएको थियो । २०७४ सालमा भएको निर्वाचनमा स्व’र्गीय उत्तरकुमार वलीले नेपाली कांग्रेसका नेता बुद्धिराम भण्डारीलाई परा’जित गरेका थिए। त्यति बेला वलीले करिब साढे ६ हजार मतको फरकले जितेका थिए, भने भण्डारीले १७ हजार ५३५ मत ल्याएका थिए । स्व’र्गीय वलीले २३ हजार ९७० मत ल्याएका थिए। उक्त निर्वाचनमा ६५ हजार ८ सय २ मतदाता थिए, भने ४४ हजार ६ सय ५१ मत खसेको थियो। जसमध्ये २ हजार २ मत ब’दर भएको थियो भने ४२ हजार ६ सय ४९ मत सदर भएको थियो ।
त्यति बेला नेकपा एमाले र नेकपा माओबादी के’न्द्र बीच बामगठ’बन्धन थियो। तर अहिले ती २ पार्टी एक भएका छन्, भने अहिले दुबै पार्टीका सम’र्थकको मत ख’स्छ। त्यतिमात्र नभई राष्ट्रियस्तरमा भएको सहमतिअनुसार राष्ट्रिय जनमो’र्चाले पनि नेकपालाई स’घाउने भएको छ। जसका कारण विमलाको प’क्षमा राष्ट्रिय जनमोर्चाका स’मर्थनको पनि भोट ख’स्छ । अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने नेकपाले नै बा’जी मा’र्न सक्ने आंक’लन गर्न सकिन्छ। त्यति मात्र नभई स्व’र्गीय वली पश्चिम दाङबासीको लागि लोकप्रिय नै भएका थिए। उनले निर्वाचित भएपछि धेरै विकास निर्माणको थालनी गरेका थिए। त्यो कारणले पनि उनलाई मतदाताले भोट दिन सक्छन्। पश्चिम दाङमा ३ गाउँपालिका बबई, शान्तिगर, दंगीशरण र तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १,२,१० र ११ उक्त निर्वाचन क्षेत्रमा पर्दछन्। उक्त क्षेत्रमा अहिले ६८ हजार ७१९ जना मतदाता छन्। यस निर्वाचन क्षेत्रमा गत निर्वाचन भन्दा १ हजार ८२ जना मतदाता थपिएका छन् । गत निर्वाचनमा यो निर्वाचन क्षेत्रमा ६७ हजार ६ सय ३७ जना मतदाता रहेका थिए। जसमध्ये पुरुष मतदाताको संख्या ३३ हजार ७ सय ७८ छ, भने महिला मतदाताको संख्या ३४ हजार ९ सय ४० छ। त्यस्तै एक तेस्रो लि’ङ्गी मतदाता छन।
काे हुन् शर्मा ?

वि.सं २०१५ साल फाल्गुन १३ गते साविक हेकुली गाविस ५ सलौरामा आमा मोहनादेवी शर्मा र बुवा गिरीराज उपाध्यायको कोखबाट आचार्यको जन्म भएको थियो। उनको सल्यानको बडाखोला र दाङको सलौरामा भएकाले उनले कखरा सल्यानमै सिकेका थिए । त्यसछपछि आचार्यले श्रीगाउँ स्कुलमा अध्ययन गरे। वि.सं. २०२९ सालमा कक्षा ८ मा पढ्ने बेलादेखी राजनीतीमा लागेका आचार्य अध्ययनको शिलशिलामा ब’नारस गएको बेला वि.पी कोईरालासँग भेट भएपछि उनी सक्रिय रुपमा राजनीतिमा लागेका थिए। २०४६ सालको आ’न्दोलनमा प्रहरीबाट मा’र खा’एर एक महिनासम्म बि’रामी भएका थिए। त्यसपछि २०६२/६३ सालको जनआ’न्दोलनमा स्व’र्गीय नेता खुमबहादुर खड्का, बलदेव मज्गैयासँगै उनी तुलसीपुरमा जे’लमा बसेको थिए।
आचार्य नेपाली कांग्रेसका पुराना त्या’गी नेताका रुपमा चिनिएका ब्यक्ति हुन्। विगतको निर्वाचनमा माैका नपाएका आचार्यलाई यतिबेला सिंगो कांग्रेस पार्टी नै जिताउने गरी चुनावी मैदानमा छ। विगतका निर्वाचनमा पार्टी भित्र गु’ट–उपगुट हुदाँ कांग्रेस प’राजित भएको भन्ने कुराहरु थियो । यस पटक सिंगो कांग्रेस एक भएपछि उनलाई सहज भएको छ। त्यसैगरी आचार्य लगनशील ब्यक्तिका रुपमा चिनिएका छन्। ठूलो अपेक्षाका साथ नेकपालाई बहुमत दिएर सरकारमा पठाएका जनताले सोचेअनुसारका काम हुन नसकेपछि नि’रास भएको बेला कांग्रेस त्यसको फाइदा उठाउने दा’उमा छ । सरकारबाट जनचाहना अनुसार काम हुन नसकेको बताउँदै अब जनताले त्यसको विकल्प खोज्न थालेको कांग्रेस प’क्षधरको दा’बी छ।
स्व’र्गीय उत्तरकुमार वलीले बा’म गठ’बन्धनको तर्फबाट २३, ९७०, नेपाली कांग्रेसका बुद्धिराम भण्डारी १७, ५३५, मालेका टोपबहादुर डाँगी ९१०,नयाँ शक्ति पार्टी नेपालका रुद्र बहादुर केसी ८२, राष्ट्रिय जनमु’क्ति पार्टीका धनराज विश्वकर्मा ८२,राष्ट्रिय जनमो’र्चाका देव बहादुर कामी ५२ र स्वत’न्त्र उम्मेदवार लिलाधर खड्का १८ मत प्राप्त गरेका थिए। उपनिर्वाचनका उम्मेदवारहरू (नेकपा)बाट विमला वली, नेपाली कांग्रेस, केशवराज आचार्य, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगी, साझा पार्टी शिवकुमार चौधरी, राष्ट्रिय जनमु’क्ति पार्टीका धनराज बिक, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, राप्रपा संयुक्तका छोटीलाल थारु, नेकपा मालेका हरिप्रसाद डाँगी, राप्रपाका भुपाल रावत, मंगोल नेशनल पार्टीका घनश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र खत्री, नेपाली कांग्रेस (बिपी)का दीपक धिताल, स्वत’न्त्र गोविन्द केसी, स्वत’न्त्र टीकाराम आचार्य रहेका छन् ।








