काम अल’पत्र पार्ने ठे’क्केदारलाई त’त्काल ह’टाउन प्रधानमन्त्रीकाे नि’र्देशन

काठमाडौं : निर्धारित समयमा भौतिक संरचना नि’र्माण गर्न नसक्ने ठेकदारलाई त’त्काल ह’टाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा सचिवहरुलाई निर्दे’शन दिएका छन् । प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्ष २०७६/६८ को चौमासिक समीक्षा बैठकलाई सोमबार सम्बोधन गर्दै यस्ताे निर्दे’शन दिएका हुन् । उनले स्पष्ट पार्दै भने, ‘आगामी बैठ’कमा पनि तिनै ठेकेदारले जिम्मा लिएका तिनै आयोजना पूरा नभएको विवरण सुन्नु नपरोस् । विकास खर्च २० प्रतिशतमात्र हुनु विकासका नाममा तमासा हो ।”

उनले तीन ओटासम्म ठे’क्काको जिम्मेवारी दिन सामर्थ्य भएका ठेकेदारहरुलाई ५० भन्दा बढी ठे’क्का दिने प्रवृत्ति रहेको उल्लेख गर्दै त्यस्तो प्रवृत्तिलाई अ’न्त्य गर्नुपर्ने बताए । ‘कुन ठे’क्काको अवधि कति छ ? रकम कति खर्च भएको छ ? अब सम्पन्न गर्न कति समय लाग्छ ? लगायतका विवरण आगामी १५ दिनभित्र तयार गर्नुहोस् ।’ उनले भने, ‘धेरै ठे’क्का लिएर काम अलपत्र पार्नेलाई योग्य ठहर्याउन मिल्दैन । त्यस्तालाई ह’टाइ अर्काे स’क्षमलाई सो ठे’क्काको जिम्मेवारी दिनुहोस् ।’ उनले कानूनअनुरुप ठे’क्का पाए नपाएका बारेमा पुन’रावलोकन गर्न नेपाल सरकारका सचिवहरुको ध्याना’कर्षण गराएका थिए ।

प्रधानमन्त्री ओलीले नीति एकातर्फ, बजेट र कार्यक्रम अर्कोतर्फ रहेको प्रवृत्ति औं’ल्याउदै स्रोत निश्चित नभएका, नीति तथा कार्यक्रम र बजेटमा नपरेका परियोजनामा खर्च गर्ने तथा बजेट विनियोजन भएका कार्यक्रमका रकम अल’पत्र पार्ने प्रवृ’त्ति दोहोरिन नदिन सचेत गराए । उनले स्रोतको सुनिश्चित नभएका कार्यक्रमहरुमा खर्च गर्दा वित्तीय सम’स्या झेलिरहनु परेको तितो पोखे । उनले सुशा’सन र विकासमार्फत मुलुकमा आएको राजनीतिक परिवर्तनको अनुभूति जनतामा गराउनु सक्नुपर्छ भन्दै सामाजिक, आर्थिक लगायतका सम्पूर्ण क्षेत्रमा देखिनेगरी सुधा’र गर्नुपर्ने बताए ।

सम्बन्धित खवर

Back to top button