झ्याल फु’टाएर स’ङ्ग्रहालयबाटै एक खर्बका गहना चो’री


एजेन्सी : एक स’ङ्ग्रहालयबाटै पूर्वी जर्मनीमा एक खर्बका बहुमूल्य गहनाहरू चो’री भएका छन्। ड्रेस्डेन ग्रीन भल्टाकाे स’ङ्ग्रहालयबाट एक खर्बका बहुमूल्य गहनाहरु चाे’री भएकाे हाे । सोमवार बिहानै चो’रहरू उक्त सङ्ग्रहालयको झ्याल फु’टाएर भित्र प’सी अठारौँ शताब्दीमा नि’र्मित तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चो’रेका थिए।
गहना चो’री भएपछि प्रहरीले अनुस’न्धान थालेको छ। त्यो स’ङ्ग्रहालयका निर्दे’शकले ती गहनाको मूल्य तो’क्नै नसकिने बताउँदै तिनको ठूलो सांस्कृतिक मूल्य भएको बताएका छन्। प्रहरीले एक सन्दि’ग्ध व्यक्ति सु’रक्षा क्यामराले खिचेको भिडियाेमा देखिएको बताएको छ । तर अझै पनि कोही पक्रा’उ परेका छैनन्। ड्रेस्डेन कला स’ङ्ग्रहालयका प्रमुख म्यारिअन एकेर्मनले भनिन्, दशमध्ये हीराका गहनाका तीन थान ह’राएका छन्।



ग्रीन भल्टबाट चो’री भएका गहनामा केही माणिक, पन्ना र नीलमणी पनि रहेको बताइएको छ । जर्मन पत्रिका बिल्डको अनुमा’नमा तिनको मूल्य करिब एक अर्ब युरो (अर्थात् १२६ अर्ब रुपैयाँ) जति हुन सक्छ। बहुमूल्य गहना चो’र्न स’ङ्ग्रहालयभित्र प’सेका चो’रहरू अझै फ’रार छन्। चो’री स’ङ्ग्रहालयको पहिलो तल्लामा भएको थियो। उनीहरूले त्यहाँको झ्यालको फलामको ग्रि’लको सानो भागलाई निकालेर सिसा फु’टाउँदै भित्र पसेको बताइएको छ।







