नेपाल विश्वमै समृद्ध देशको सूचीमा ११५औं स्थानमा


काठमाडौं : समृद्ध देशको सूचीमा नेपाल विश्वको ११५ औं स्थानमा रहेको छ । लण्डनको लिगाटम संस्थानले सोमबार जारी गरेको २०१९ को समृद्ध सूचांक अनुसार नेपाल विश्वका एक सय ६७ देशमध्ये ११५ औँ स्थानमा रहेको हो । योसँगै एक दशकको अवधिमा नेपाल समृद्ध देशको सूचीमा १३ स्थान अघि आएको हो । शिक्षा, स्वास्थ्य, सम्पती, आर्थिक वृद्धि, व्यक्तिगत सन्तुष्टता र जीवन स्तरको सर्वेक्षण मूल्यांकनका आधारमा लिगाटम संस्थानले लिगाटम समृद्ध सूचांक जारी गर्ने गर्छ । हालसम्म विश्वभरका एक सय ६७ देशका विभिन्न १२ पक्षको मूल्यांकन लिगाटमले गर्छ ।
सन् २००९ मा नेपाल १२८ औँ स्थानमा रहेको थियो । एक दशकको समयान्तरालमा नेपाल १३ स्थानमाथि उक्लिदै समृद्ध देशको रुपमा ११५ औँ स्थानमा पुगेको हो । सूचांकको १ नम्बरमा डेनमार्क रहेको छ जुन लिगाटमको सर्वेक्षण अनुसार सबैभन्दा समृद्ध देश हो । अन्तिम १६७ औं स्थानमा दक्षिण सुडान रहेको छ । तर, विश्व सूचांक बढेपनि दक्षिण एसियाका २९ देशको समृद्ध अवस्थाका तुलानामा नेपाल भने २२ औँ स्थानमा रहेको छ । यसको अर्थ नेपाल दक्षिण एसियाका ६ देशभन्दा मात्रै बढी समृद्ध छ ।
एक दशकमा नेपालले सबैभन्दा उत्कृष्ट विकास सुर’क्षा क्षेत्रमा गरेको लिगाटम समृद्ध सूचांकले देखाएको छ । सन् २००९ मा एक सय चार देशमध्ये ९१ स्थानमा रहेको नेपाल यो वर्ष ७८ औं स्थानमा उक्लिएको छ । जुन सूचांकको सबैभन्दा बढी स्थान अघि सरेको क्षेत्र हो । त्यस्तै व्यक्तिगत स्वत’न्त्रताको मूल्यांकनमा पनि नेपाल ६७ स्थानमा उक्लेको छ । एक दशकअघि सन् २००९ मा एक सय ९४ देशमध्ये नेपाल ७७ स्थानमा रहेको थियो । पछिल्लो दशकमा नेपालको व्यक्तिगत स्वत’न्त्रतामा पनि उल्लेख्य विकास भएको देखिन्छ ।



यद्यपि, आर्थिक वृद्धि, लगानी एवं उद्यमका क्षेत्रमा भने नेपालले उल्लेख्य स्थान हासिल गरेको छैन । आर्थिक विकासका लागि पूर्वाधार विकास र लगानी एवं उद्यम फष्टाउन नसक्नु यसको मुख्य कारण सूचांकले देखाएको छ । स्वास्थ्य अव’स्थाको आधारमा नेपाल एक सय १८ र शिक्षाको विकासका आधारमा ११९ औँ स्थानमा रहेको छ । एक दशकमा नेपालको शिक्षा अवस्था ११ स्थानले बढेको सूचांकले देखाएको छ ।