प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस: स्वास्थ्य अ’वस्था ज’टिल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि स्वास्थ्य अवस्था जटिल भएको छ । सोमबार रातिदेखि पेट दु’खेर पखाला लागेपछि मंगलबार बिहान उनी उपचारका लागि अस्पताल पुगेका थिए । मिर्गौलाले काम गर्न छाडेपछि ग्राण्डी अस्पतालमा तीन पटक डायलाइसिस गराइसकेका प्रधानमन्त्री ओली नियमित वि’शेषज्ञ चिकि’त्सकको सचेत नि’गरानीमा रहेका ओलीको स्वास्थ्यमा अ’चानक यो समस्या देखिएको थियो ।

मिर्गौलाले दु:ख दिइरहेको अवस्थामा सोमबारदेखि प्रधानमन्त्रीले अर्को जटिल स’मस्याको साम’ना गर्नुपरेको छ । एपेन्डिसाइटिस फुटेर पेटमा सं’क्रमण भएपछि चिकित्सकहरुले जो’खिम मोलेर श’ल्यक्रिया गरेका छन्। स्वास्थ्यमा सम’स्या आएपछि उनलाई बिहान ९ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्ला’न्ट सेन्टरमा पुर्‍याइएको थियो। परी’क्षणपछि डाक्टरहरूले प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिससहित पेरिटोनाइटिस भएको निर्क्यौल निकालेपछि तत्कालै अप’रेशन गर्ने नि’र्णयमा पुगे।

एपेन्डिक्स सुन्‍निएर पाकेर भित्रै फु’ट्नाले सं’क्रमण भएको चिकि’त्सकहरुले बताएका छन्। ओलीका निजी चिकि’त्सकसमेत रहेका डा. अरुण सायमीले एपेन्डिक्स सुन्‍निएर पिप जमेपछि समयमा श’ल्यक्रिया नहुँदा भित्रै फु’टेर सं’क्रमण भएको बताए। जसलाई मेडिकल भाषामा एपेन्डिसाइटिससहित पेरिटोनाइटिस भन्‍ने गरिन्छ।

अहिले श’ल्यक्रिया सफल भएपछि प्रधानमन्त्रीलाई चिकि’त्सकको क’डा निग’रानीमा राखिएको छ। अस्पताल प’रिसरमा उनको स्वास्थ्यको चासो राख्नेको भी’ड लागेपनि कसैलाई भेट्न दिएको छैन। एपेन्डिक्स सुन्‍निएर एपेन्डिसाइटिस भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा त्रिवि शिक्षण अस्पतालका वरिष्ट सर्जन डाक्टर रमेशसिंह भण्डारीसहितको टोलीले अप’रेशन गरेको थिए । एपेन्डिसाइटिसको ग’म्भीर अवस्थालाई पेरिटोनाइटिस एपेन्डिसाइटिस् भन्‍ने गरिन्छ। चिकि’त्सकका अनुसार सामान्य अवस्थामा एपेन्डिसाइटिस भएमा तत्काल अप’रेशन नगरेमा ठूलो सम’स्या बन्छ। समयमै अप’रेशन नगरेर एपेन्डिक्स फु’टेर शरीरमा सं’क्रमण फैलिनु ग’म्भीर अवस्था हो।

स्वस्थ मानिसका लागि पनि एपेन्डिसाइटिस पाकेर पिप निस्की पेटमा फैलिनु एकदम जटिल सं’क्रमण मानिन्छ। यस्तो अवस्थामा शरीरका अन्य अंगमा समेत प्रभा’व पार्ने सम्भावना रहन्छ। प्रत्या’रोपण गरिएको मिर्गौलाले काम गर्न छोडेर डायलासिसमा गएका प्रमका लागि झन् यो अवस्था जो’खिमपूर्ण रहेको चिकि’त्सकहरुले बताएका छन्। ट्रान्सप्ला’न्ट गरेका बि’रामीले प्रतिर’क्षात्मक क्षम’ता घ’टाउने औष’धि खाइरहेको हुनाले सं’क्रमणको ख’तरा सामान्य मानिसमा भन्दा निकै बढी हुन्छ ।

चिकि’त्सकहरुको टोलीले प्रधानमन्त्री ओलीको लेपेरेटोमी र एपेन्डेक्टोमीको माध्यमबाट एपेन्डिक्स ह’टाएका छन्। एपेन्डेक्टोमी भनेको एपेन्डिक्स ह’टाउने सामान्य श’ल्यक्रिया हो। एपेन्डिसाइटिस भएपछि एपेन्डेक्टोमी श’ल्यक्रिया गरेर उपचार गरिन्छ। यस्तै, लेपेरोटोमी भनेको पेट चिरेर स’मस्या पत्ता लगाउने वा श’ल्यक्रियाको तयारी गर्ने प्रक्रिया हो। पहिलो चरणमा एपेन्डेक्टोमी गरेर एपेन्डिसाइटिसको उपचार गरिए पनि प्रधानमन्त्रीलाई पेरिटोनाइटिस पनि देखिएकाले लेपेरोटोमी पनि गरिएको हो । जसले गर्दा उनमा केही सं’क्रमण नहोस् भनेर चिकि’त्सकले सघ’न उपचार कक्ष आईसियुमा राखेका हुन्।

पेरिटोनाइटिस भनेको पेटमा हुने पेरिटोनियम तन्तु सुन्‍निएर हुने इन्फे’क्सन हो । पेरिटोनियमले पेटमा हुने आन्द्रालगायत विभिन्‍न अंगलाई छो’प्ने र अड्याउने काम गर्छ। पेरिटोनियममा ब्या’क्टेरियाका कारण पेरिटोनाइटिस हुने गर्दछ। समयमै उप’चार गरेमा पेरिटोनाइटिस सहजै ठीक हुन्छ। सामान्यत: भोक नलाग्‍ने, रिंग’टा लाग्‍ने र हल्का दु’खिरहेको पेट एक्कासि क्षणभरमै स’हनै नसकिने गरि दुख्‍’न थाल्नु पेरिटोनाइटिसका लक्ष’ण हुन् । पेरिटोनाइटिसले पेट दु’ख्दा हल’चल गर्न पनि असहज हुने गर्छ।

पेरिटोनाइटिस दुई प्रकारका हुन्छन्। प्राइमरी पेरिटोनाइटिस र सेकेन्डरी पेरिटोनाइटिस । प्राइमरी पेरिटोनाइटिस भनेको सीधै पेरिटोनियममा इन्फे’क्सन हुनु हो भने पेटका अन्य अंगमा इन्फे’क्सन हुँदा त्यसका जी’वाणुहरू पेरिटोनियमसम्म पुगेर त्यहाँ इन्फे’क्सन हुनु सेकेन्डरी पेरिटोनाइटिस हो । यदि पेरिटोनाइटिससँगै सिरोसिस पनि भएको अवस्थामा ४० प्रतिशत बिरा’मीको मृ’त्यु भएको तथ्यांक छ। यस्तै, सेकेन्डरी पेरिटोनाइटिस भएका १० प्रतिशत बिरा’मीको मृ’त्यु भएको तथ्यांक छ ।

प्रधानमन्त्री ओलीमा देखिएको पेरिटोनाइटिस उनको मिर्गौला प्र’त्यारोपण र डा’यलाइसिसका कारण भएको हुनसक्छ। डायला’इसिस र मिर्गौला प्र’त्यारोपण प्राइमरी पेरिटोनाइटिसको मुख्य कारणमध्येमा पर्छ भने यस्ता बि’रामीलाई यो घा’तक पनि हुन्छ । मिर्गौलाले काम नगर्ने व्यक्तिको रग’तमा भएका विकार बाहिर निकाल्न ‘क्याथेटर’ शरीरमा राखिन्छ। ‘क्याथेटर’ भनेको विकार बाहिर निकाल्न पेरिटोनियममा राखिने एक प्रकारको नली हो।

क्याथेटर पेरिटोनियममा राखेपछि इन्फे’क्सन हुने खतरा बढ्छ । क्याथेटरले पेरिटोनियमलाई दु’षित बनाउन सक्ने भएकाले इन्फेक्स’नको ख’तरा बढेको हो । यसअघि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेपछि धापासीस्थित ग्राण्डी अस्पतालमा तीन पटक डा’यलाइसिस गरिसकिएको छ। तीन दिनअघि मात्रै प्रमको मिर्गौलाको तेस्रो डाय’लाइसिस गरिएको थियो। यसअघि गत कात्तिक १२, १३ र ३० गते ग्राण्डीमै हेमोडाया’लासिस गरिएको थियो। प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतरमा मिर्गौला प्र’त्यारोपण गरिएको थियो ।

सम्बन्धित खवर

Back to top button