सरकार र नीजि मेडिकल कलेजबीच सहमति


काठमाडाैं : सरकार र नीजि मेडिकल कलेज सञ्चालक बीच विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्ने सहमति भएकाे छ । मंगलबार मध्यरातमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकबीच दुई बुँदे सहमतिमा विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन हुने भएको हो । विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क बुधबारदेखि नै समायोजन हुनेछ । शैक्षिक सत्र २०७४/७५ र २०७५/०७६ मा सरकारले गरेको नि’र्णयअनुसार नै शुल्क समायोजन हुने सहमतिमा उल्लेख छ ।
दोस्रो बुँदाको २०७२/०७३ र २०७३/०७४ को हकमा विश्वविद्यालयहरुको सम’न्वयमा अध्ययन, छफफल र छा’नबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्ण’य लिन आयोगसमक्ष आ’ग्रह गर्ने उल्लेख छ । चालु शैक्षिक सत्र २०७६/७७ को हकमा चिकि’त्सा शिक्षा आयो’गबाट नि’र्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनु’मतिमा भ’र्ना प्रक्रिया सञ्चालन गर्ने सहमति भएको छ । दोस्रो बुँदाको अन्तिम सहमतिअनुसार आउँदो शैक्षिक सत्र र त्यसपछिका लागि वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि चिकि’त्सा शिक्षा अयोागबाट काम अघि बढाइनेछ ।



बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, शिक्षा सचिव महेश दाहाल, चिकित्सा शिक्षा आयो’गका उपाध्यक्ष श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकूलपति धर्मकान्त बाँस्कोटा र निजी मेडिकल कलेज सञ्चालकहरुको सहभागिता थियो । सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच सहमति भएसँगै महिनौदेखि चलिरहेको विद्यार्थीको आ’न्दोलन पनि स्थगित हुने अ’पेक्षा गरिएकाे छ । यसअघि विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले १५ दिनको अल्टिमेटम दिएको थियो । निजी मेडिकल कलेज सञ्चालकले सरकारी अल्टिमेटमभित्रै चौतर्फी दबा’ब र विद्यार्थीको आ’न्दोलन हेरेर शुल्क समायोजन गर्ने सहमति गरेका हुन् ।








