टिप्पर प’ल्टिँदा ३ काे मृ’त्यु, १३ जना घा’इते


हुम्ला : हुम्लामा टिप्पर प’ल्टिँदा तीन जनाकाे ज्यान गएकाे छ भने १३ जना घा’इते भएका छन् । सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा बुधबार साँझ टिप्पर प’ल्टिँदा तीन जनाको ज्यान गएको छ भने १३ जना घा’इते भएका हुन् । नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ख ३२६९ नं टिप्पर दु’र्घटना भएको हो ।
दु’र्घटनामा परी ज्यान गुमाउनेहरुमा नाम्खा गाउँपालिका–१ निवासी हेप्का गाउँका तान्ज्योत लामा, छिरिङ लामा र नोरी लामा रहेका छन् । टिप्पर सडकभन्दा करीब ३० मिटर तल खसेको छ । घा’इतेहरुको जिल्ला अस्पताल हुम्लामा उप’चार भइरहेको र अधिकांशको अव’स्था ग’म्भीर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।



टिप्पर चालक काभ्रे जिल्ला बुद्ध नगरपालिका–११ भालुखर्कका आनन्द तामाङ्गलाई स्थानीयवासीले निय’न्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । चालकले मा’दक पदार्थ सेवन गरेका कारण दु’र्घटना भएको स्थानीयवासीले बताए । दु’र्घटनामा के कति ह’ताह’त भए भन्ने अनुस’न्धान र घा’इतेहरुको उ’द्धारका लागि प्रहरी सहायक निरीक्षकसहितको १३ जनाको टोली घट’नास्थलमा पुगेको छ । घा’इतेको अ’वस्था बुझ्नको लागि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल अस्प’ताल पुगेका थिए ।








