अर्घाखाँचीमा बस दु’र्घटना: १० जनाकाे घटना’स्थलमै मृ’त्यु

अर्घाखाँची : अर्घाखाँचीमा बस दु’र्घटना हुँदा १० जनाकाे घटनास्थलमै मृ’त्यु भएकाे छ । जिल्लाकाे सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बुधबार बेलुका भएको बस दुर्घटनामा परी १० जनाको घट’नास्थलमै मृ’त्यु भएको हाे ।

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दु’र्घटना भएको हो । दुर्घटनास्थलमा नेपाली से’ना, नेपाल प्रहरी र श’सस्त्र प्रहरी तथा स्थानीयवासीले उ’द्धार गरिरहेका छन् । अहिलेसम्म १० जनाको घटना’स्थलमा नै ज्यान गएको सश’स्त्र प्रहरी ब’लका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए ।

घाइ’ते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए । घा’इतेको उ’द्धार जा’री रहेको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल ख’सेको छ । घट’नाकाे विस्तृत वि’वरण आउन बाँकी छ ।

सम्बन्धित खवर

Back to top button