उपेन्द्रले सरकार नछाेड्ने भएपछि तेस्राे शक्ति बन्ने याेजना सं’कटमा

काठमाडौं : समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवले पछिल्लाे पटक पाएकाे मन्त्रालय सम्हालेसँगै समाजवादी पार्टीभित्रका बाबुराम भट्टराईकाे याेजना धरा’पमा परेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानून मन्त्रालयमा धकेलिएका यादवले प्रधानमन्त्रीको यो व्यवहारले सरकार छाेड्ने आँकलन गरिएपनि उनले सहज रुपमा मन्त्रालय सम्हालेसँगै भट्टराईकाे याेजना भने सं’कटमा परेकाे हाे । राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले घो’षणा नै गरेका छन् कि- जबसम्म उपेन्द्रले सरकार छोड्दैनन् तबसम्म समाजवादीसँग पार्टी एकता हुँदैन। उपेन्द्रले सरकार नछोड्ने र उनी सरकारमा रहेसम्म राजपा एकतामा नआउने भएपछि तेस्रो राजनीतिक शक्ति खडा गर्ने डा. बाबुराम भट्टराईको योजना संक’टमा परेको हाे ।

आफ्नो नयाँ शक्ति पार्टीलाई उपेन्द्रको संघीय समाजवादीमा वि’लय गराएका बाबुरामको अपेक्षाअनुसार ओली सरकार छोड्ने निर्णय नआएपछि पार्टीभित्र वि’वाद भुसको आ’गोझैँ स’ल्किरहेको छ। भलै ‘फेस सेभिङ’का लागि उपेन्द्रले सरकार छोड्ने नछोड्नेबारे प्रधानमन्त्री ओली र नेकपासँग वा’र्ता गर्न बाबुरामको संयोजकत्वमा समिति ग’ठन गरिएको छ। तर, उपेन्द्रले भने उक्त समितिले वा’र्ता नथाल्दै पदभार ग्र’हण गरिसकेका छन्। उक्त समितिमा उपेन्द्र यादव, अशोककुमार राई र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन्। बाबुराम र उपेन्द्रबीचको यो वि’मतिले समाजवादीभित्र र’डाको म’च्चिएको हो। भट्टराईले सरकारले आफ्नो पार्टीलाई नैतिक रूपमा पनि अ’वहेलना गरेको भन्दै सार्वजनिक रूपमा चर्को आ;लोचना गर्दै आएका छन्। उनले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ हेरेर मन्त्रिपरिषद पुनर्गठन गरेको र सत्ता सा’झेदार छ भन्ने भुलेको अभिव्यक्ति दिँदै आएका छन्।

उपेन्द्र निकट नेताहरू बाबुरामको उक्त आ’क्रोशले पार्टीमा कुनै सुनुवाइ नहुने र पार्टी सरकारमा रणनीतिका साथ बस्ने बताउने गरेका छन्। तर, बाबुराम पक्षधर नेताहरू भने तत्काल सरकार छोड्नै पर्ने बताउँदै आएका छन्। बाबुराम पक्षधरले उपेन्द्रलाई सरकार छोड्दा मु’द्दा लाग्ने ड’रले पदमा टाँसिएको आ’रोप पनि लगाउने गरेका छन्। बाबुराम निकट एक नेताले भने, ‘उपेन्द्र यादवलाई गौर ह’त्याकाण्डको फाइल खोल्ने ड’रले पनि होला यति अ’वहेलना गर्दा पनि पदमा टाँ’सिइरहनु परेको।’ नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने, ‘उपेन्द्र यादव अब संविधान संशो’धन नभए पनि सरकारबाट बाहिरिनुहुन्न भन्ने पक्षमा हुनुहुन्छ। एक शब्द नसोधी प्रधानमन्त्रीले मन्त्रालय परि’वर्तन गर्दा र राज्यमन्त्री ह’टाउँदा पदभार ग्रहण गर्न जानुले उहाँ जसरी पनि सरकारमै रहने देखिन्छ।’

सम्बन्धित खवर

Back to top button