अपडेट : अर्घाखाँची बस दु’र्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो

अर्घाखाँची – बुधबार बेलुका अर्घाखाँचीमा भएको बस दु’र्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । सन्धिखर्क नगरपालिका–६ नरपानीमा बस दु’र्घटना हुँदा गाडी धनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका बसन्त भनिने ओमबहादुर थापासहित १९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दु’र्घटनामा ज्यान गुमाउनेमा अर्घाखाँची सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मोनिका खड्का, भूमिकास्थान–९ का शैलेश थापा, सन्धिखर्क १० का छविलाल गैरे, गुल्मी धुरकोट गाउँपालिका–२ का सश’स्त्र प्रहरी जवान राजकुमार महत र कपिलवस्तु चपर गाउँकी सीता बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अन्य ९ जनाको परिचय खुल्न बाँकी छ ।

दु’र्घटनामा घा’इते भएका १८ जना मध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्प’ताल बुटवलमा उप’चार भैरहेको छ भने एक जनालाई काठमाडाैं रेफर गरिएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दु’र्घटना भएको हो ।

सम्बन्धित खवर

Back to top button