गैँडा गणनाका लागि हात्ती तयार पार्दै
काठमाडौं : आउँदो चैत महिनामा हुने गैँडा गणनाका लागि हात्ती तयार पार्न थालिएकाे छ । एकसिङ्गे गैँडा पाइने चितवन, पर्सा, बर्दिया, शुक्लाफाँटा लगायतका राष्ट्रिय निकुञ्जमा हुने गैंडा गणनाकाे लागि हात्ती तयार पार्न थालिएकाे हाे । हरेक चार वर्षमा हुने गैँडा गणनाअनुसार यस वर्ष गणना हुन लागेको हो । यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो।
त्यही तयारीमा लागेका वन्यजन्तुका चिकि’त्सक डाक्टर विजयकुमार श्रेष्ठ यतिबेला चितवन निकुञ्जको देवनगर पोस्टमा हात्तीको नङ कटा’उँदै छन् । हात्तीको स्वास्थ्य परीक्षण पनि हुँदैछ। उनलाई खोरसोरका कर्मचारी बुधन चौधरी लगायतले सघा’इेका छन् । “हात्तीमा क्षयरोग लागे–नलागेको परी’क्षण गर्दै जुकाको औ’षधि दिँदैछौँ,” श्रेष्ठले भने, ‘बलिया र कम’जोर हात्ती छनोट पनि गर्दैैछौँ ।’ यसैगरी निकुञ्जका विभिन्न पो’स्टमा रहेका हात्तीको उनले स्वास्थ्य परी’क्षण गरिरहेका छन्। हात्ती प्रज’नन केन्द्र खोरसोरमा रहेका हात्तीको दक्षता वृद्धिसँगै स्वास्थ्य र आहारामा वि’शेष ध्यान दिइँदैछ।
क्यामरा ट्र्यापिङ गर्नका लागि होस् वा प्रत्यक्ष जङ्गलमा विचरण गरेर नै किन नहोस्, गैँडाको वर्तमान अवस्था पत्ता लगाउन हात्ती चढेर गणकहरूले काम गर्छन्। जङ्गलका सबै क्षेत्रमा कच्चा सडक नभएकाले पनि हात्तीको प्रयोग बढी हुन्छ । सबैभन्दा धेरै गैँडा चितवनमै भएकाले वि’शेष तयारी चलिरहेको छ। त्यस्तैगरी गैँडाको अवस्थिति रहेको बर्दिया, पर्सा र शुक्लाफाँटा निकुञ्जमा पनि गैँडा गणनाको तयारी ती’व्र छ। गैँडा गणना गर्ने मिति तय नभए पनि चैतमै गैँडा गणना सुरु हुने वन्यजन्तु संर’क्षण तथा निकुञ्ज विभागका प्रव’क्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
‘गैँडा गणनाका लागि फिल्डमा के के प्रविधि र सामग्री चाहिन्छ भन्ने सूची तयार पार्ने काम चलिरहेको छ’, उनले भने, “केही सूचीका सामग्री सम्बन्धित निकायमा माग पनि भइसक्यो ।’ उनका अनुसार कुन कुन निकायसँग सहकार्य गरेर जाने र प्रविधिजन्य विषय र व्यवस्थापनमा कसरी अघि बढ्ने भन्ने बारेमा थप छल’फल चलिरहेको छ।